Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र दलहरूबीच देखिएको विवादलाई ‘चियाको कपभित्रको तूफान’ को संज्ञा दिनुभएको छ ।

माओवादीले बुधबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलनको सार र अर्थ अझै स्पष्ट नभएकाले त्यसको धार प्रष्ट हुन नसकेको धारणा राख्नु भयो ।

माघ ८ मा संविधान आउन नसकेपछि संविधानसभाको औचित्य थप कमजोर भएको जिकिर गर्दै उहाँले अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभामार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलले अङ्कको आधारमा आफूहरूलाई आत्मसमर्पण गराएर संविधान ल्याउने प्रयास गरेको बताउँदै त्यो घातकसिद्ध हुने टिप्पणी गर्नुभयो ।
राष्ट्रवादी मञ्चका संयोजक राजेश्वर देवकोटाले नेतृत्व र सिद्दान्त स्पष्ट नहुँदा संविधान आउन नसकेको बताउँदै नेपालमा जातीय संविधान उपयुक्त नभएको धारणा राख्नुभयो ।
जनजाति आन्दोलनका अगुवा मल्ल के सुन्दरले उत्पीडन जाति, समुदायलाई अन्तरिम संविधानमा दिइएका हक, अधिकारसमेत कुण्ठित हुने गरी संविधान ल्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया