Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

महेन्द्रनगर- सरकारी कार्यालयमा निगरानी तथा सुशासन कायम गर्न स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन नमानेर सिडिओले मनोमानी निर्णय गरी अनियमितता गरेका छन् ।

यसो गर्नेमा कञ्चनपुरका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडिओ) पर्शुराम अर्याल रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिडियो अर्याललाई प्रजिअ निवासमा रहेका रुखहरु वनको अनुमती बिनै नकाट्न निर्देशन दिएको थियो ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय महेन्द्रनगरले नकाट्न भनेर दिएको निर्देशनलाई उनले मानेनन् । त्यो बेला अख्तियारमा मुद्दा चलेको थियो ।

अख्तियारले बयानका लागि अर्याललाई पटक पटक लिखित पत्र पठाए पनि पूर्व सिडिओ अर्यालले भने अख्तियारको पत्र लत्याएको अख्तियार स्रोतले जनाएको छ । ‘अख्तियारले अर्याललाई कार्यालयमा उपस्थितीका लागि बोलाएपनि उनी माघको दोस्रोसाता सम्म पनि बयानका लागि उपस्थित भएका छैनन्,’ अख्तियारका एक अधिकारीले भने ।

सिडिओ अर्यालले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नयाँ भवन निर्माणका लागि भन्दै रुख काट्दै बिक्री गरेपछि उनीमाथि अख्तियारमा उजुरी परेको थियो । अख्तियार स्रोतका अनुसार सिडिओ अर्यालले मुद्दाबाट जोगिन गृह–मन्त्रालयका सचिव, अख्तियारका आयुक्त, लगायतका ठुला ठुला शक्ति केन्द्रसम्म धाएको स्रोतले बतायो ।

पुर्व सिडियो अर्यालको मुद्दा भने जारी छ । ‘अख्तियारले जुन सुकै व्यक्ति भएपनि गलतका बिरुद्धमा पछि मुद्धा चलाई छाड्ने छ ।’, अख्तियारका कर्मचारीले बताए । सिडिओ अर्यालले कानुनको उलङघन गर्दै महिनौँ वितिसक्दा पनि अख्तियार भने मुकदर्शक भएको छ । प्रहरी लगाएर भएपनि सिडिओ अर्याललाई भने अख्तियारले उपस्थित गराउन सकेको छैन् ।

भनिन्छ, सानालाई ऐन् ठुलालाई चैन भनेको यही हो । सिडिओ भन्दै कानुनको उलङघन गर्ने र फेरी पनि कानुनको दायमा नआउनु सानालाई ऐन, ठुलालाई चैन जस्तै भएको छ । उच्च तहका कर्मचारीहरुलाई कारबाही नगर्दा अख्तियार प्रति नागरिक संसकित भएका छन् । गत चैत्रमा प्रमुख जिल्ला अधिकारी निवास क्षेत्र भित्र २ ओटा खयरको सुकेको र २ वटा जामुनको काँचो रुख काटेर पुर्व सिडियो अर्यालले बेचेका थिए ।

निवास क्षेत्रको पर्खाल निर्माण गर्दा अप्ठेरो भएको भन्दै रुख कटानी गर्नु परेको उनको जवाफ थियो । तर प्रशासनका कर्मचारीहरु पर्खाल हाल्ने स्थानमा रुख नपरेको बताउछन् ।

सरकारको पूर्ण स्वामित्वमा रहेको जमिनमा रुख काट्दा सार्वजनिक रुपमा रुख कटानीको लागि टेण्डर आह्वान गर्नुपर्छ । तर पुर्व प्रमुख जिल्ला अधिकारी अर्यालले एकलौटी ढंगले लाखौँ मुल्यका रुखहरु काटेर बेचेका थिए ।

तपाईको प्रतिक्रिया