Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – नयाँ वर्षको दोस्रो दिन आज पनि टोकियोमा दुई ठूला साँगीतिक कार्यक्रमहरु भएका छन् । गल्कोट क्षेत्रमा एम्बुलेन्स पठाउने उध्देश्यले जापानका प्रमुख ३ सहरमा साँगीतिक कार्यक्रम आयोजना गरेको गल्कोट समाज जापानको आज टोकियोमा अन्तिम तथा तेस्रो कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले उत्कृष्ट साँगीतिक प्रस्तुती दिनुका साथै बिदेशमा बस्ने नेपालीहरुका पीडालाई गीतमा उनेर भाका हालेर गाउँदा दर्शकहरु भावविह्वल भएका थिए । जनगायक जीवन शर्माले मधेश, पहाड र हिमाललाई जोड्दै ‘हामी सबै नेपाली’ भन्ने बोलको राष्ट्रप्रेमी गीत गाएर राष्ट्रिय भावना जगाएका थिए । उनले फोकल्याण्डको टापुबाट, सिमली छायाँमा बसी, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैंमा जस्ता जनजिब्रोमा झुण्डिएका कालजयी गीतहरु गाएर बिदेशमा बसेका नेपालीहरुलाई आफ़्नो मातृभूमिप्रतिको श्रध्दा जगाएका थिए । यसैगरी अर्का लोकप्रिय गायक बद्री पंगेनीले मुस्ताङ र जुम्लामा स्याउ कुहिएर खेर गएको तर राजधानी लगायतका सहरमा बिदेशी स्याउको भाउ बढेको सन्देश गीतबाटै दिए । उनले बिदेशमा बसेका नेपालीहरुलाई लक्षित गर्दै ‘कामबाट बिदा पाईएन, यो साल पनि घर आईएन….’ भन्ने गीतबाट आमाप्रतिको अगाढ स्नेह उजागर गरे ।

राष्ट्रिय झण्डा फहराउँदै स्टेजमा उत्रिएका पंगेनलीले राष्ट्रप्रेमका गीतहरु गाउनुका साथै आफ़्ना छोराछोरीको मायामा घरमा तडपिएर बसेका बुढा बाबुआमाको भावना ओकल्दै ‘आमा तिमीले आँखाबाट नझार आँशु, तिमी नै रोए म कसरी बाँचु’ भन्ने गीत गाउँदा धेरैको आँखा रसाएका थिए ।

यसैगरी गायिका जुना श्रीष मगरले ‘आज माया मसंग तरक तरक छ, पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ…’, सालैजो भाकामा ‘बागलुङ बजार झिलिमीली…’, घुम्टेपारी गाजा…’ लगायतका चर्चित लोकभाकाहरु पस्केर दर्शकहरुलाई नचाउनु नचाईन् । यसैगरी घुम्टे नौमती बाजाको तालमा गायक बद्रि पंगेनी र जुना श्रीष मगरबीच भएको दोहोरीको घम्साघम्सीमा दर्शकहरु उफ़्री – उफ़्री नाचेका थिए ।

अर्का गायक थानेश्वर गौतमले ‘बिर्सिएर शृँगारमा गाजल लगाइनछ्यौ… (गजल), जेठो दाजु अमेरिकामा… ‘, मेरो नेपाल… ‘, भाले बास्यो…. ‘, रोयला भाकामा पारी पाखा सालघारीमा… ‘ जस्ता गीतहरु पस्केर भरपुर मनोरञ्जन दिलाए ।

यसैगरी कार्यक्रममा अर्का लोक पपगायक तिलकबम मल्लले ‘मुटु छुने लुम्लेको हावाले…’, ट्याक्सी गुड्यो सरर…..’ लगायतका आफ़्ना चर्चित गीत गाएर थप रौनकता प्रदान गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष हर्क थापाको सभापतित्वमा भएको सो कार्यक्रममा उपस्थित दर्शकहरुलाई संस्थाका उपाध्यक्ष तथा संयोजक नरबहादुर थापाले मन्तब्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुका साथै एम्बुलेन्स उपलब्ध गराउने उध्देश्य सफलताको कामना गरे । कार्यक्रममा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । ***
Mass 3
Badri ok Jeevan galkot - badri Jeevan 2
Mass 2 Jeevan 3 JeevanBadri 2Badri 3Rajdoot
galkot - badri
MassThaneswor
Juna 2

Nar BahadurJuna 4

EldestJuna 5Juna 6Juna 7Juna
Darshak

तपाईको प्रतिक्रिया