Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो — चर्चित पप गायक सुगम पोखरेलले सार्वजनिक रुपमै बिहिवार जापानको राजधानीमा आफ्नो एउटा साथी छ भनेर दावी गर्दा अर्की लोक गायिका ज्योति मगरले भने आफुलाई कल्ले लाने होला भन्दै आफ्नो मनको मान्छे खोज्दै थिईन् ।

जसले गर्दा जापानमा रहेका सुगमका फ्यानहरु निराश देखिएका थिए भने ज्योतिका फ्यानहरु उनीप्रति आकर्षित बनेका थिए । यसरी आफ्ना फ्यानहरु निराश भएपछि गायक सुगमले टाढा जाने कुरा गर्दै थिए । त्यस्तै ज्योतिले भने आफ्नो एउटा फोटा खिच्दिन आग्रह गर्दै थिईन् ।

तर यो घटना उनीहरुको वास्तविक जिवनमा नभई पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीहरुको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तरराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा बिहिवार सम्पन्न ‘नयाँ वर्ष शुभकामना साँझ २०१५’ मा देखिएको दृश्य मात्र हो । त्यस्तै दृश्यमा देखिएअनुसार टोकियोको ईकेगामी खाईकानमा भएको उक्त कार्यक्रममा युवा पुस्ताका ढुकढुकी गायक सुगम र गायिका ज्योतिले उपस्थित दर्शकहरुलाई छमछमी नचाउन सफल भएका थिए ।

Sugam 3बढ्दै गरेको मुटु नै चिर्ने जाडोमा पनि सुगम र ज्योतिको प्रस्तुतीले हल नै तातेको थियो । दुई दशकदेखि गीत संगीतमा सक्रिय गायक सुगम कार्यक्रममा वर्षमा दिनमा लैलै (दशैं तिहार) बोलको गीत गाउँदै स्टेजमा झुल्किए दर्शकहरु ताली बजाउँदै चिच्याउन थाले । उक्त गीत सकिन नपाउँदै उनले लोकप्रिय गीत फेरी त्यो दिन सम्झन चाहन्न सुरु गरे, पछाडीबाट युवायुवती दर्शकहरु पनि हात हल्लाउँदै संगीतमा झुमिरहे ।

दर्शकको बीच भागमै पुगेर गीत गाउँदै दर्शक नचाउँदै गरेका सुमुधुर स्वरका धनि गायक सुगम आफ्ना आधा दर्जनभन्दा बढी गीतहरु गाएर दर्शकहरुको ध्यान स्टेजतिर केन्द्रित गर्न सफल भए । स्टेजमा गीत गाउँदै नाचिरहेका सुगमले आफूसंगै गाउन र युवायुवतीका मुखबाट हुटिङको वर्षा निकाल्नका लागि दर्शकतिर माइक सोझ्याउँदै गीत गाउँदै थिए ।

कार्यक्रममा उनले गाउने प्रत्येक गीतहरुमा वान्स् मोर र दर्शकबाट फरक फरक गीतहरु गाउन आग्रह गरेपछि उनी बिचमा केही तनावमा देखिएका थिए । तर सुगमले आफ्ना फ्यानहरुको चाहनालाई परिपुर्ति गर्दै निकै चर्चित गीत मेरो एउटा साथी छ, हाम्रो स्कुल पाठशाला, जाँदैछु टाढा, तर झिल्केले, ढोलकै बज्यो, रात्री बसैमा, के यो माया हो, समालिन्छ कहिले मन कहिले त्यसै अत्तालिन्छ लगायतका गीतहरु गाएर दर्शकहरुको मन जितेका छन् ।

Jyoti 7सो अवसरमा अर्की चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगरले उपस्थित दर्शकहरुलाई झनै नचाए । राष्ट्र भावले ओतप्रोत गीत गाउँदै स्टेज उक्लिएकी उनले कसैलाई फोटा खिच्दिन आग्रह गर्दै खिच्देउ एउटा फोटो बोलको गीत जब गाउन थाले, युवाहरु उनको फोटो खिच्नलाई स्टेजतिर तानिए ।

स्टेज तताउन सिपालु गायिकाको रुपमा परिचित ज्योतिले बीचबीचमा विभिन्न ठट्टा गर्दै दर्शकहरुलाई प्रयाप्त मनोरञ्जन प्रदान गरिन् । सुरुमा गाउँले मगर भेषमा स्टेज उक्लिएकी गायक ज्योति कार्यक्रमको बीचमा कामुक ड्रेसअपमा देखिएकी थिईन् । स्टेजमा गीत गाउँदै युवायुवती दर्शकहरुलाई नचाउँदै गरेकी उनलाई कापीमा पानामा आई लव यु ज्योति लेखेर दिने युवाहरुको पनि बाक्लै जमात देखिन्थ्यो । जसले गर्दा ज्योतिको क्रेज कति छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

सो क्रममा आधा दर्जनभन्दा गीत गाएका ज्योतिले पिरतीमा दम छ, सुर्खेतको बुलबुले ताल, भन सोल्टी हो मलाई कल्ले लाने, उही मुलाको सिन्की उही मुलाको चना, अरु चिनो केही पनि छैन जाले रुमाल सोल्टीलाई बैना भो, जिम्माल बाउकी छोरी लगायतका गीतहरुबाट दर्शकहरुलाई निकै नचाए ।

Miss Teenसोही अवसरमा नेपालबाट आमन्त्रित कलाकारसंगै हालै सम्पन्न टिबीआइ मिस टिन नेपालका विजेता स्वीकृती भण्डारीलाई समेत सम्मान गरिएको थियो । १७ वर्षिय भण्डारीलाई खादा र सम्मानपत्रले सम्मान गरिएको हो । उनले कार्यक्रममा आकर्षक नृत्य र क्याटवाक गरि मनोरजन प्रदान गरिन् ।

‘दृष्टिबिहीनहरुलाई देखेर दया मात्र नगरौं, सक्दो आथिर्क सहयोग पनि गरौं’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

तस्विर : समुद्रपारि

7 IMG_8834 6 5 4 3 IMG_8906 1

Mass Kc Jyoti Jyoti 6 Jyoti 4 Jyoti 3 Jyoti 1 Arjun  2 Sugam Sugam 4 PC Madan 2 Sugam 3 Jyoti

तपाईको प्रतिक्रिया