Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

१० लाखको लक्ष पाएकोमा भवनका लागि २० लाख संकलन

दोहा – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२ औं स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१४ को समापन समारोह गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

10730114_1010560608960524_2406928564852506764_n
एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली राजदूतावास दोहा कतारका द्वितिय सचिव नितेश सापकोटा, एनआरएनए आइसीसीका उपाध्यक्ष टी. बी. कार्की, महासचिव कुमार पन्त, मध्यपूर्व क्षेत्रीय उप-संयोजक पूर्ण के सी, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लाहकार नरेन्द्र भाट, आइसीसी सदस्यद्वय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, एनसीसी साउदी अरेबियाका अध्यक्ष पुरुषोत्तम दास श्रेष्ठ लगायत एनसीसीकतारका संस्थापक, पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको समुपस्थिति रहेको थियो ।  1484256_1010562292293689_3819845443844550460_n

राष्ट्रिय गानबाट अगाडि बढाइएको कार्यक्रममा प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुबाट १२ औं बार्षिक उत्सवको प्रतिकस्वरुप १२ वटा दिप प्रज्जवलन गरेर कार्यक्रमको समुट्घाटन गर्नुभएको थियो । त्यसै गरी प्रमुख अतिथिले १२ औं स्थापना दिवसको समारोहका लागि तयार गरिएको केक काट्नुभएको थियो ।

कार्यक्रम संचालक तथा महासचिव बिनोद भट्टराईले संस्थाको स्पाथनाकालदेखिका प्रमुख गतिविधिहरुलाई समेटेर तयार पारिएको ‘रिभर अफ लाइफ’ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा योगदान दिनुहुने संस्थापक तथा पूर्वपदाधिकारीहरुलाई प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो । IMG_0858

सम्मानित व्यक्तित्वहरुमा आइसीसी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष देवकाजी डंगोल सहित पूर्व आइसीसी सदस्य तथा कतार प्रतिनिधिहरु सागर नेपाल (संस्थापक), भिमप्रसाद पौडेल, अजिजुर रहमिान शेष, अध्यक्षहरु राजीव डंगोल -संस्थापक), बद्री प्रसाद पाण्डे, कमलमणी गुरागांई, नरेन्द्र भाट तथा अमृत गुरुङ, पूर्व उपाध्यक्षहरु रविकान्त लाल (संस्थापक), सुजेन्द्र श्रेष्ठ (संथापक), दिलकिरण खजुम, गुरुनारायण रानभाट, पूर्व महासचिवहरु प्रज्ञान उदास (संस्थापक), सुधिरकुमार सिंह, राजेश दर्शन अर्याल, बिलबहादुर गुरुङ तथा क्रान्ति सिंह र संस्थापक सदस्य स्व. शिखर वैद्य (मरणेपरान्त) हुनुहुन्थ्यो ।

कार्यक्रममा शुभकामना सम्बोधन गर्दै प्रमुख अतिथि शेष घलेले एनआरएनसँग राष्ट्रको अपेक्षा धेरै रहे पनि हामीले गर्नुपर्ने जति गर्न नसकिरहेको अवस्थामा अब बास्तविकताको आधारमा बिगतमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै जानुपर्ने बताउनुभयो । समाजको अपेक्षा पुरा गर्न एनआरएनए आफैमा श्रोत साधन सम्पन्न बन्नुपर्ने भएकोले पहिलो प्राथामिकतामा भवन निर्माणलाई अघि बढाइएको बताउनुभयो । IMG_0866

भवन निर्माण संस्थाको पुरानो प्रतिबद्धता भएपनि अहिलेसम्म पुरा हुन नसकेकाले आफुले त्यसलाई कार्यन्वयन गर्न खटिरहेको उहाँले जानकारी दिनुभयो । आफुले वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना तथा संस्थाका आन्तरिक व्यवस्थालाई सुधार तथा व्यवस्थित गर्न प्रयास गरिरहेको बताउँदै सामाजिक अगुवाहरुले आफ्नो क्षमताले कार्यन्वयन गर्न सक्ने जिम्मेबारी मात्र लिन सुझाव दिनुभयो । उहाँले एनआरएनको परिभाषाका सम्बन्धमा उठेका सवालहरुलाई सम्बोधन गर्दै आगामी विश्व सम्मेलनमा समय बढाएर भए पनि विधानमा पर्याप्त छलफल गरि सबैको स्विकार्य बनाउन प्रयास गर्ने बताउनुभयो ।10855910_10204615055609559_1785297323_o

आइसीसी उपाध्यक्ष टि. बि. कार्की, महासचिव कुमार पन्त, मध्यपूर्व क्षेत्रीय उपसंयोजक पूर्ण के. सी., संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लाहकार नरेन्द्र भाट, सदस्य अमृत गुरुङ, एनसीसी सल्लाहकार संयोजक गुरुनाराण्याण रानाभाट, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, साउदी अरबियाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, एनसीसी कतारका पर्ूव अध्यक्ष कमलमणी गुराँगाई, पूर्व महसचिव बिलगुरुङ लगायत संघ संस्थाबाट प्रतिनिधितव गर्ने वक्ताहरुले एनसीसी कतारले पहिलो पटक आयोजना गरेको स्थापना दिवस समारोहको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित आ-आफ्ना भनाइहरु राख्नुभएको थियो ।
1004554_1008760399147102_922854408723464008_n
कार्यक्रममा उपस्थित कतार सरकार आन्तरिक मन्त्रालयका प्रतिनिधि फैजल अल हुदाई, कतार फुटबल एसोसिएसनका प्रतिनिधि ओथमा ब्ल्याके तथा अलअरबी स्पोर्टस् क्लबका प्रतिनिधि जाकारिकया गगाले पनि आफ्नो सम्बोधन मार्फत एनआरएनए एनसीसी कतारसँगको सहकार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । उनिहरुलाई एनसीसीले प्रशंसा पत्र प्रदान गरेको थियो ।  कार्यक्रमको समापन सम्बोधन गर्दै सभापति मक्सुद आलमले प्रमुख अतिथि लगायत सबैलाई धन्यबाद दिनुभयो ।IMG_0754

भवनका लागि दश लाखको लक्ष्य, २० लाख संकलन

यसैवीच एनआरएन एनसीसी कतारले गैरआवासीय नेपाली संघको काठमाडौंमा बन्न लागेको केन्द्रीय कार्यालय भवनका लागि २० लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माणका लागि एनआरएन आईसीसीले १० लाख रुपैयाँको लक्ष्य दिएकोमा कतारले दोब्बर रकम संकलन गरेर अन्य देशका एनसीसीलाई पनि उत्साहित तुल्याएको छ ।

1517464_1010558498960735_6236374253374492598_n
‘हामीले दिएको लक्ष्य र अपेक्षाभन्दा दोब्बर रकम संकलन हुनु निकै उत्साहप्रद र प्रेरणादायी हो’ एनआरएन अध्यक्ष शेष घलेले भन्नुभयो-‘बिश्वभरका नेपालीको भावना संकलन गरी एकताको प्रतिकको रुपमा भवन बनाउने सपना अब छिटै पुरा हुन्छ ।’
भवन निर्माणका लागि रकम संकलन गर्न अध्यक्ष घले बिश्वका बिभिन्न देशमा पुगिरहनुभएको छ । आगामी केही हप्तामै उहाँ यही लक्ष्यपूर्तिका लागि युरोपेली मुलुकहरुको भ्रमणमा जानु लाग्नुभएको छ । भवन निर्माणमा सहयोग पुर्‍याउन आयोजना हुने बिभिन्न कार्यक्रममा उहाँ सरिक हुनुहुनेछ ।***

तपाईको प्रतिक्रिया