शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

कञ्चनपुर- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीलाई २२ दलीय मोर्चाको नेतृत्व छाडेर संविधान निर्माण प्रक्रियामा आउन आग्रह गर्नुभएको छ ।
प्रेस चौतारीले सोमबार कञ्चनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
‘२२ दलीय मोर्चा छाडेर आउँदा एमाओवादीलाई फाइदाजनक हुन्छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीले २२ दलीय मोर्चाकै नेतृत्व गर्ने र संविधान बनाउँन नदिने खेल खेल्यो भने माघ ८ गतेलाई केही दिन लम्ब्याउन सक्छ । त्योभन्दा बढी केही गर्न सक्दैन ।’
उहाँले एमाओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै २२ दलीय मोर्चा उहाँलाई स्वर्गको बाटो होइन, नर्कमा पुर्‍याउने दाबी गर्नुभयो ।
उहाँले तोकिएकै समयमा संविधान बनाउन एमाओवादी तयार भए उक्त दलसहितको राष्ट्रिय सरकार बनाउन आफूहरू तयार रहेको पनि बताउनुभयो ।
उहाँले ‘सकेसम्म सहमतिका आधारमा नभए प्रक्रियामा गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया