शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

मन्त्री खड्का भन्छन्, ‘विवाद भएको हो’

काठमाडौं– सरकारले १६ करोड रुपैयाँ खर्च गरेर पुननिर्माण गरेको राष्ट्रिय सभागृहको विषयलाई लिएर सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच विवाद भएको छ ।

सहरी विकास मन्त्री डा. नारायण खड्काले स्वामित्व विवाद भएको लुकाएनन् । सार्क सम्मेलनको लागि सरकारले १६ करोड बढी खर्च गरेर पुर्ननिर्माण गरेको राष्ट्रिय सभागृहको स्वामित्वको विषयमा सहरी विकास मन्त्रालय र काठमाडौ महानगरपालिकावीच विवाद रहेको बताउँदै मन्त्री खड्काले प्रधानमन्त्रीको संयोजकत्वमा स्वामित्व विवाद अन्त्यको लागि समिति निर्माण भएको बताए ।

सभागृहलाई नाफामुलक संस्थाकोरुपमा अघि बढाउने मन्त्री खड्काको भनाइ छ । ‘सरकारले करोडौं लगानी गरेर बनाएको छ । भोलि बिमस्टेक बैठकपनि गर्नुपर्ने छ । यसको जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘यसलाई नाफामुलक संस्थाको रुपमा अघि बढाउनुपर्छ ।’

सार्ककै क्रममा काठमाडौँमा निर्माण भएका पार्क र रुखहरु संरक्षणको जिम्मेवारी पाँच वर्षको लागि नेपाल टेलिकमलाई दिएको जानकारी दिँदै अब हरभरा काठमाडौँको विषयमा नियमित अनुगमन गरेर गल्ती गर्नेलाई सजाय दिने योजना सुनाए ।

मन्त्री खड्काले सभागृहभित्र राष्ट्र प्रमुखको लागि अलग्गै कक्ष र सुविधा सम्पन्न सार्वजनिक शौचालयको निर्माण र बगैँचाहरु निर्माण गरिने जानकारी पनि दिए । ***

तपाईको प्रतिक्रिया