Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सभाकक्ष ताली र खुसीका स्वरले गुञ्जायमान

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औं शिखर सम्मेलनको अन्त्य सुखद् रहृयो ।

भारत र पाकिस्तानबीचको पछिल्लो तनावका बीचमा भएको सम्मेलनमा दुई देशका कार्यकारी प्रमुखहरुले हात मिलाएर सौहार्दता साटे । उनीहरुको मिलन हेर्न नेपाली आतुर थिए ।

समापनसत्रमा भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हात मिलाएपछि उत्साहको वातावरण पैदा भयो । सम्मेलनको सुरुआतदेखि नै मोदी र सरिफबीचको सम्बन्ध मित्रवत् हुन्छ कि हुँदैन भनेर उत्सुकतापूर्वक हेरिएको थियो ।

सम्मेलनको दोस्रो दिन आज बिहान काभ्रेको धुलिखेलमा भएको विश्रामका अवसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएको भन्ने समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो । दुई देशका प्रधानमन्त्रीको मिलनलाई लिएर सार्क सदस्य राष्ट्र मात्र नभई पर्यवेक्षक राष्ट्रले पनि उत्तिकै चासो लिएका थिए ।

समापनका अवसरमा भने दुई देशका प्रधानमन्त्रीले हात मिलाउनाका साथै आपसमा निकै सौहार्द्रपूर्वक भलाकुसारी पनि गरे । मोदीले त्यतिबेला सरिफको काँधमा थुम्थुम्याउँदा सभाकक्ष ताली र खुसीका स्वरले गुञ्जायमान भयो । समापनको सो दृश्यले आठै सदस्य राष्ट्रबीच एकापसमा भाइचारा, मेलमिलाप र सद्भावका साथ सम्मेलन सम्पन्न भएको स्पष्टै भयो ।

SAARC CLOSING8 SAARC CLOSING7 SAARC CLOSING6 SAARC CLOSING5 SAARC CLOSING4 SAARC CLOSING3 SAARC CLOSING2 SAARC CLOSING1

तपाईको प्रतिक्रिया