Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं- १८ औं सार्क शिखर सम्मेलनको उदघाटन काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सभा गृहमा सम्मेलनको उदघाटन गरेका हुन् । १७ औं सार्कको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल यमिनले प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् ।

उदघाटन सत्रमा सबै सार्क राष्ट्रका सरकार प्रमुख र पर्यवेक्षक राष्ट्रका टोली प्रमुखले मन्तव्य व्यक्त गरेका थिए । प्रधानमन्त्री कोइरालालाई उद्घाटन मन्तव्यका क्रममा सार्कलाई शक्तिशाली र अर्थपूर्ण बनाउनमा जोड दिए ।

सभागृह बाहिर पानीको सुन्दर फोहरा, आठै सदस्य राष्ट्रका रङ्गीचङ्गी ठूला-ठूला झण्डाहरु फहराइरहेका दृश्यले सम्मेलन स्थल अत्यन्तै सुन्दर र मनमोहक बनाएको छ।

चिटिक्क सिङ्गारिएको सभाहल, बिहान ९ बजेदेखि सार्क राष्ट्र वा सरकार प्रमुखका आठ सदस्य राष्ट्रका अतिथिहरु र नेपालका मन्त्रिगण तथा कुटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थितिले खचाखच भरिएको सार्क सम्मेलन हलको रौनकता निकै उत्साहजनक देखिन्थ्यो।

सम्मेलन हलभित्र सार्क राष्ट्रका विदेश मन्त्रीहरु एकै स्थानमा बसेका थिए भने सम्मेलनको प्रारम्भ नेपालको राष्ट्रिय गानबाट भएको थियो। त्यसपछि सामुहिक तस्बिर खिचियो।

SAARC OPENING01 SAARC OPENING02 SAARC OPENING03 SAARC OPENING04 SAARC OPENING05 SAARC OPENING06 SAARC OPENING07 Nepal PM sushil Koirala Addressign PM of Bangaladesh SAARC OPENING10

तपाईको प्रतिक्रिया