Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

ओसाका – नेपालीहरुको महान चाड दीपावलीको अवसरमा जापानको विभिन्न सहरमा रहेका नेपालीहरुले आ-आफ़्नो समयानुकुल विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

यसै सन्दर्भमा यमपञ्चकको तेस्रो दिन ओसाकामा रहेका नेपालीहरुले धनधान्यकी देवी लक्ष्मीमाताको पूजा आराधना गर्नुका साथै देउसी भैलो खेली तिहार मनाएका छन् ।

एनआरएन जापानका उपाध्यक्ष तुल्सीराम खरेलको अग्रसरतामा त्यस क्षेत्रमा रहेका नेपालीहरु विहीवार साँझ एकै ठाउँमा भेला भई धनधान्यकी देवी लक्ष्मी माताको विधिपूर्वक पूजा आराधना गर्नुका साथै भजनकिर्तन र देउसीभैलो खेली तिहार मनाएका हुन् ।

सो अवसरमा उनीहरुले दीपावलीका उपलक्षमा शुभकामना आदानप्रदान गर्नुकासाथै तिहारजन्य परिकारकासाथमा रात्रीभोजमा रमेका थिए ।

उज्यालोको पर्व तिहारको उपलक्ष्यमा आपसमा समृद्धिको कामना गर्दै उनीहरुले खुशी साटे भने स्वदेशको झझल्को मेटाए ।

यसैगरी आज उनीहरुले भाइटीका गरी आपसमा सुख, समृद्धि र समुन्नतीको कामना गरेका छन् ।***
5 61 7 83 42

तपाईको प्रतिक्रिया