Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मेलामा १५ देखि ३ लाख रुपैयाँका फूल
काठमाडौं- तिहारको पूर्वसन्ध्यामा लालितपुरको जावलाखेलमा सम्पन्न आठौं प्रतियोगितात्मक गोदाबरी मेलामा ३० लाख रुपैयाँभन्दा बढिको कारोबार भएको छ ।

मेलाको अन्तिम दिन ब्यबसायीले बिभिन्न फूल तथा प्लान्टहरु छुटमा उपलब्ध गराउने भनेर अबलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । गोदाबरी मेलाको इतिहासमा आठौं गोदाबरी मेला फ्लोरिकल्चर एशोसिएसन मुख्य आयोजक भएर गरेको पहिलो पटक भएको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले यो मेलाले यस अघि गरेको कारोबारको रेकर्डलाई तोडेको र गत बर्षको तुलनामा झण्डै ८ लाख रुपैयाँ बढी ब्यापार भएको बताए ।

असोज ३१ गतेबाट कार्तिक ३ गते सम्म चलेको मेलामा अबलोकनकर्ताको चापले अर्को बर्ष गरिने मेलालाई अझ ब्यबस्थित गर्ने मेला गर्ने स्थानका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको फ्यानका महासचिब दिलिप बादेले बताए ।

मेला अवधीभर २७ हजार भन्दा धेरै फूल पारखीको उपस्थिति रहेको थियो । मेलामा गोदाबरी, सयपत्री, बगम्बेली, बन्साई, अर्नामेन्टल प्लान्ट र आलंकारिक बोटबिरुवाको कारोबार बढि भएको मेला संयोजक कसजुले बताए ।

मेलामा १५ रुपैयाँ पर्ने पिटुनिया देखि ३ लाख रुपैयाँ पर्ने फाइकस बेन्जामिनाको बन्साई समेत राखिएको थियो । मेलाको अन्तिम दिन आउने अवलोकनकताहरु मध्ये ८० प्रतिशतले फूल किन्न आउने गरेको व्यवसायीहरुले बताए ।

Flowers Nepal1 Flowers Nepal2 Flowers Nepal3 Flowers Nepal4 Flowers Nepal5 Flowers Nepal6 Flowers Nepal7 Flowers Nepal8

तपाईको प्रतिक्रिया