Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – हालै जापानमा सम्पन्न दुई ठुला कार्यक्रमहरु एनआरएनको आठौं क्षेत्रीय सम्मेलन र नेपाल फेस्टिवलको समीक्षात्मक भेला आइतवार टोकियोमा सम्पन्न भएको छ ।
गत सेप्टेम्वर १८ र १९ मा तातेसिना सम्मेलन र २० र २१ मा नेपाल फेस्टिवल टोकियोको उएनो पार्कमा भएको दुई ठूला कार्यक्रमको समीक्षा गर्न भट्टनिवासमा भएको भेलाले समग्रमा दूवै कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यी दुई ऐतिहासिक कार्यक्रमबाट जापानले बिश्वसामु नेपाली एकताको सन्देश प्रवाह गर्न सफल रहेको निर्क्यौल गरेको छ ।

भेलामा सहभागीहरुले नेपाल फेस्टिवल र सम्मेलन आयोजना गर्दाका अनुभव, कमीकमजोरी र भविष्यमा सुधानुपर्ने बिषयहरुमा आ-आफ़्नो धारणा राखेका थिए । फेस्टिवलको आयोजनाका सन्दर्भमा एनआरएन जापानले वार्षिक कार्यक्रमकारुपमा यसलाई निन्तरता दिदैं जानुपर्ने तर सिंगो एनआरएन पंत्ति आफ़्नो मुल उद्देश्य बिर्सेर यसैमा अलमलिन नहुने, त्यसका लागि एनआरएनकै तत्वावधानमा नेपाल फेस्टिवल आयोजना गर्ने प्रयोजनका लागि मात्र एउटा छुट्टै बिशेष कार्यदल बनाईनुपर्ने सुझाव दिए । यद्यपि यसका लागि अझै बृहत छलफल र गृहकार्य आवश्यक रहेको पनि उनीहरुले सुझाए ।

1_NRN_BB Nivasनेपाल फेस्टिवलमा यो पटक पहिलोचोटी नेपाली खानाका परिकारलाई मात्र प्रोत्साहित गरिएकोमा अन्य खानालाई पनि स्थान दिईनुपर्ने जस्ता मिश्रित धारणाहरु आईरहेको सन्दर्भमा यस बिषयमा छलफललाई अझै खुल्ला राखी पुनर्विचार गर्नुपर्ने भएमा गर्ने गरी टुंगो लगाईनुपर्ने सहभागीहरुले सुझाव दिए ।

फेस्टिवल आयोजनाका सन्दर्भमा विगत लामो समयदेखि संलग्न रही अनुभव संगाल्दै आएका जापानी नागरिकहरुले पनि नेपाल फेस्टिवलको आयोजना सम्बन्धमा नेपालीहरु थप जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिए ।
समग्रमा केही कमीकमजोरीका बाबजुद पनि फेस्टिवल सफल रहेको भन्नेमा सबैको मतैक्यता रहेको थियो ।
2_NRN_BB Nivas

सम्मेलनका सम्बन्धमा
सम्मेलन समग्रमा सफल र सन्देशमुलक रहेको धारणा धेरैको रह्यो । आयोजक राष्ट्र जापानले जति गर्न सक्यो त्यो गरेर देखायो, बाह्य राष्ट्रबाट आएका प्रतिनिधिहरु खुशी भएर फर्के । स्वागत सत्कारमा कुनै कमजोरी रहेन । तातेसिना सम्मेलनको उपज नौ बूँदे घोषणापत्रमार्फत मुलुकको आर्थिक बिकासका लागि मार्गचित्र तय गर्न सफल रह्यो । तत्सम्बन्धमा बिभिन्न विज्ञहरुले सुझाव दिए । अर्थविदहरुले आ-आफ़्ना धारणा राखे । २१ राष्ट्रबाट ३३३ प्रतिनिधीहरुको सहभागिता रहेको सम्मेलनमार्फत नागानोबाट एनआएनले अब नयाँ शिराबाट मुलुकको आर्थिक समृध्दीमा केन्द्रीत भएर कार्य थाल्ने उदघोष गर्‍यो । यद्यपि छलफलका लागि तय गरिएका बिषयवस्तुहरु अत्यन्त समसामयिक र महत्वपूर्ण हुँदा हुँदै पनि छलफलका लागि पर्याप्त समय ब्यवस्थापन गर्न नसकिएको, आयोजक राष्ट्रका प्रतिनिधिहरुको छलफलमा सहभागिता र बिषयवस्तुमाथिको गाम्भीर्यता नदेखिएको, कम महत्वपूर्ण बिषयमा धेरै समय खर्चिएको जस्ता कमजोरीहरु रहेको सहभागिहरुले टिप्पणी गरे ।
अब मुलुकका लागि केही गरेर देखाउन एनआरएनहरु साँच्चिकै जुर्मुराएका छन् भन्ने सन्देश दिन पनि यो सम्मेलन सफल रह्यो र हरेक हिसाबले अघिल्ला सम्मेलनहरुभन्दा पृथक यो अर्थमा पनि रह्यो कि नागानो घोषणापत्र आफैमा एउटा यस्तो दस्तावेज हो, जसले संस्थागतरुपमा कार्यान्वयनको तहमा उत्रन एनआरएनलाई नैतिक दबाबको पनि काम गर्ने सहभागीहरुको धारणा रह्यो ।8_NRN_BB Nivas

सो अवसरमा आइसीसी सदस्यद्वय भूषण घिमिरे, रोशन केसी, एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल, फ़ेस्टिवल आयोजक कमिटीकी संयोजक युको ओकामोतो मल्ल लगायतले आ-आफ़्नो धारणा राखेका थिए ।

अन्तमा, जापानका नेपालीहरुले देखाएको अदम्य साहस र मिहिनेतको परिणामस्वरुप सम्मेलन सफल भएको विचार राख्दै सम्मेलन मुल आयोजक समितिका संयोजक तथा एनआरएन आइसीसी उपाध्यक्ष भवन भट्टले सम्मेलन र नेपाल फ़ेस्टिवल सफ़ल पार्न सहयोग गर्ने सबैप्रति हार्दिक धन्यबाद तथा आभार प्रकट गरे । कार्यक्रममा बिभिन्न भूमिकामा रहेर दुवै कार्यक्रम सफ़ल बनाउन सहयोग गर्नेहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो ।
10_NRN_BB Nivas

सोही अवसरमा अघिल्लो महिना देशका विभिन्न भागमा गएको बाढिपहिरोबाट पीडितहरुको राहतका लागि एनआरएन जापानले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरियो । संकलित रकम १ लाख ५० हजार येन एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरेका छन । *** तस्विर : सन्दिप ढुंगाना
9_NRN_BB Nivas7_NRN_BB Nivas6_NRN_BB Nivas5_NRN_BB Nivas 4_NRN_BB Nivas 3_NRN_BB Nivas

तपाईको प्रतिक्रिया