Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

घटस्थापनाको दिनदेखि यस वर्षको दशैं सुरु भएको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दशैंलाई घर घरमा भित्र्याएका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दशैंको उमंग सुरु भइसकेको छ । नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।
हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई विशेष रुपमा मनाउने गरिन्छ । बजारमा दशैंको लागि आवश्यक सामाग्री किनमेल गर्नेहरुको भिड देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका कतिपय युवायुवतीहरु दशैं पर्वको लागि भनेर घर फर्किन थालिसकेका छन् । जो दशैंमा घर फ़र्कन पाउंदैनन उनीहरु परिवार सम्झेर टेलिफोन अथवा विभिन्न सञ्चारमाध्यम मार्फत परिवारस“ग सम्पर्क गरी दुखसुख बाड्ने गर्दछन् । विदेशमा भएका तर विभिन्न कारणवश स्वदेश फर्किन नपाएका नेपालीहरुले पनि जे जसरी संभव हुन्छ त्यसरीनै विदेशमै दशैं मनाइरहेका हुन्छन । धार्मिक हिसावले दशैं हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड हो । तर, नेपालमा अहिले दशैं सबैको साझा पर्व र एउटा नेपाली संस्कृतिको रुपमा विकास भैरहेको छ ।

दशैं हाम्रो परम्परा र सँस्कृति हो । यसको आफ़्नै महत्व छ । तर पछिल्ला दिनहरुमा दशैंलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाईदै गएको आभाष भइरहेको छ । अनावश्यक तामझाम र तडकभडक गरेर दशैं मनाउने समेत गरेको पाइन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा गरेको पनि देख्न र सुन्न पाईन्छ । चाड मनाउने नाममा रक्सी र मासुका लागि हजारौं खर्चिने, गहना र लत्ता कपडामा आानो आम्दानीले नभ्याए ऋण गरेर पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । यसले पर्वको नाममा बिकृति समेत बढाएको छ । यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम गरेर भन्दा पनि आपसी सहयोग र भाइचारा बढाउने अवसरको रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन । दशैंलाई तडकभडक र फोहोरी होइन, यसलाई सांच्चै सबै नेपालीले मान्न सक्ने गरी सरल र सहज बनाउनु आवश्यक छ । हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफ़्नो आर्थिक अवस्थालाई पनि ख्याल गरिएन भने यसले हामीलाई दशैं नभएर दशाको रुपमा परिणत गरिदिनसक्छ ।

दशैं वडादशैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यो नेपालीहरुको प्रमुख पर्व पनि हो । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ । यसलाई एउटा साँस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा बृद्धि हुनेगरी बिशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जानेछ । दशैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय, दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु-शासनमाथि सु-शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो । अवका दिनहरुमा देखासिकी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्दै जानुपर्दछ । यो २०७१ सालको विजया दशमी सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भाव बाँड्ने अवसर बन्न सकोस । बाढी र पहिरोका कारण विचल्लीमा परेका सम्पूर्ण नेपालीहरुले पनि दशैं मनाउने वातावरण सिर्जना होस र निर्धारित समयमा नयां संविधान निर्माण भइ देशले निकास पाओस विजया दशमीको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया