Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Teej Special 5दुबई – नेपाली महिलाहरु जहाँ भए पनि तीजलाई हर्षोल्लासका साथ मनाइने चलन बढ्दो छ । यसमा पुरुषहरुले साथ दिईरहेका कारण पनि यो संभव भएको हो ।

यसैबिच दुबईमा रहेका नेपालीहरुले गत शुक्रबार एक साँगीतिक समारोहका बिच तीजको समापन गरेका छन् ।

कार्यक्रममा चर्चित गायिका मञ्जु पौडेलका साथमा स्थानीय कलाकारहरुको प्रस्तुतीमा दुबइबासी नेपालीहरु झुमेका हुन् ।

गुल्मी सेवा समाज युएइले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डनसहित कार्यक्रमका अध्यक्ष र अतिथि कलाकारले व्यानर खोलेर संयुक्तरुपमा उदघाटन गरिएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष कृष्ण गौतमको शुभकामना तथा स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा मदन बिष्ट र किसन थापाको संचालन रहेको थियो ।

अतिथि कलाकार मञ्जु पौडेलले माइती देशको, जब आउछ नजिक, मेरा बुढा कुल, गानो सरे सर्ला, बिर्सनु भो सासुज्यू, धुँवा सरी, झिलीमिली झ्यांई लगायतका दर्जनौ गीतहरु गाएर तीज समापन कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएकी थिईन् । स्मरण रहोस गायिका मञ्जु जापानमा भएको तीज कार्यक्रम सकेर दुबई गएकी हुन ।
Teej Special 1 Teej Special 2 Teej Special 3 Teej Special 4 Teej Special 6 Teej Special 7 Teej Special 8 Teej Special 9

तपाईको प्रतिक्रिया