शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं- दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो दिनभर व्यस्त रहे । बिहान पौने ११ बजेतिर काठमाडौं आएका उनी राति १० बजेसम्म व्यस्त रहे ।

नेपाल आएलगत्तै विमानस्थलबाट हृयात होटल गएका उनले आफ्ना नेपाली सहयोगी जीतबहादुर सारुमगरको परिवारलाई भेटे । त्यसपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री सुशील कोइरालालाई भेटे ।

संविधानसभामा सभासदहरुलाई सम्बोधन गरेका उनी साँझ हृयात होटलमा भारतीय दूतावासको रिसेप्सनमा सहभागी भए भने त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाको रात्रिभोजमा राति १० बजेसम्म सहभागी भए ।

narendra modi-1 narendra modi-2 narendra modi-3 narendra modi-4 narendra modi-5 narendra modi-6 narendra modi-7 narendra modi-8 narendra modi-9

तपाईको प्रतिक्रिया