Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

OldDesignShop_HandHoldingPenसँधैको भन्दा आजको आइतवार बिशेष छ हामी नेपालीका लागि । यसमानेमा कि एकातिर आज हामी नेपाली शोकमा डुबेका छौं । आजसम्मकै इतिहासमा नौलो खालको प्राकृतिक बिपत्ति हामीमाथि आईलागेको छ । पहिरोबाट भोटेकोशी थुनिंदा सयौंका घरबार डुबानमा परेका छन्, दर्जनौले ज्यान गुमाएका छन्, सनाखत हुन बाँकी अझै कति छन कति । भौतिक क्षतिका कुरा बेहिसाब छन् । यस बिपत्तिमा हामी सारा नेपालीको मन कुँडिएको छ, भाँचिएको छ । हाम्रा आँखा अगाडि कहालिलाग्दा चित्रहरु फनफनी घुमिरहेका छन् । यो भन्दा थप क्षति नहोस् भन्ने कामना गरौं ।

यो विपत्तिमा थोरै भएपनि सहानुभूति र जिम्मेवारी दर्शाउन हाम्रा प्रधानमन्त्री तथा गृहमन्त्रीले केही घण्टा समय निकालेर घटनास्थलको भ्रमण गर्न आवश्यक ठानेनन् । आफु जान त परै जाओस घटनास्थलतिर जान लागेका सरकारका मुख्यसचिव लिलामणि पोखरेललाई समेत हाम्रा प्रधानमन्त्रीले जान दिएनन् । नेपाली जनताको जीवन तहसनहस हुँदाको यो संवेदनशील घडिमा थोरै भए पनि समवेदना मिसाउने हाम्रो सरकारलाई फुर्सद भएन यो कुरा पनि इतिहासमा लेखिने नै छ । यसको जबाफ पनि नेपाली जनताले समय आएपछि पक्कै माग्ने नै छन् ।

अर्कोतिर छिमेकी शक्तिराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आजदेखि हुने दुई दिने नेपाल भ्रमणलाई सबैतिरबाट अत्यन्त चासो र उत्सुक्तापूर्वक हेरिएको अवस्था छ जसरी आम नेपालीले हेरेका छन् । सानो तर परम्परागत एवं सामरिक महत्व रहेको छिमेकी मुलुक नेपाल मोदी सरकारको प्राथमिकतामा पर्नु, दुईदेशबिच रहीआएको परम्परागत सम्बन्धलाई एक्काइसौं शताब्दीको आवश्यकताअनुसार पुनर्परिभाषित गर्ने दिशामा नवनिर्वाचित मोदी सरकारको ध्यान तानिनु निश्चय पनि नेपालका लागि राम्रो अवसर हो यसलाई नेपालले त्यसरी नै उपयोग गर्न सक्नुपर्दछ न कि तामझाम, स्वागत सत्कार र कर्मकाण्डीका रुपमा सीमित । असमान सन्धी खारेज हुनुपर्दछ भनेर सँधै उठिरहने आवाजदेखि लिएर दुईदेशबिचका अनेकौ समस्याहरुलाई हल गर्नका लागि केस्रा केस्रामा मसिनो गरी केलाउंदै जानुपर्छ र यसका लागि हरेक बिषयमा पुनरावलोकन गरिनुपर्छ । शताब्दीऔं अगाडि भएका सन्धीसम्झौता परिवर्तित सन्दर्भमा कतिपय नमिलेका कुराहरुलाई नयाँ ढंगले मिलाउँदै जानका लागि पुनरावलोकनको सुरुवात मोदीको भ्रमणबाट हुन सक्ने संकेत देखिएका छन् । मोदीको भ्रमणबाट यो भन्दा धेरै कायापलट नै हुन्छ भनेर नेपालले अपेक्षा गर्नु बढी हुन्छ । किन भने त्यो खालको त्यस्तो  ठूला गृहकार्यहरु केही भएका छैनन् । त्यसैले राज्यको भएभरको समय, श्रम, शक्ति मोदी भ्रमणमै केन्द्रीत गरी सुनकोशीले मच्चाएको वितण्डाबाट प्रताडित नेपालीजनको पीडामा बेवास्ता गर्न मिल्दैन ।

तथापि बिभिन्न दृष्टिकोणले नेपालसंगको भावनात्मक घनिष्ठताका कारण सत्तारोहणको केही महिनाभित्रै बिकासप्रेमी प्रधानमन्त्री मोदी हाम्रो देशको भ्रमणमा आउने अवसरले यसभन्दा अगाडिका उच्चस्तरिय भ्रमणहरुभन्दा फरक अर्थ र उच्च महत्व राख्ने नै छ । हाम्रा प्रधानमन्त्रीहरु जति पटक भारत गए पनि पत्रकारहरुको जबाफमा भ्रमणले दुईदेशबिचको सम्बन्ध थप प्रगाढ बनाएको भन्ने सँधै एउटै रेडिमेड जबाफ आउने गरेको तर के चाँही प्रगाढ बन्न पुगेको हो भन्ने कुरा सँधै अमुक रहने गरेको बिगतभन्दा यसपटकको मोदी भ्रमणका उपलब्धीहरु नेपाली जनताले ठ्याक्कै सतहमा देखिने गरी सार्थक बन्न सकोस् ।

भोटेकोशी घटनामा परी अनाहकमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त क्षेत्रमा उद्वारकार्य एवं राहत बितरणमा थप तदारुकता एवं सक्रियताका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं । ***

तपाईको प्रतिक्रिया