काठमाडौं– नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
‘मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोर्याउने हो,’ प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भने ।
नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ता भेटघाटमा यहाँ आएका नेता नेपाले पत्रकारसम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पारे ।
पार्टी रूपान्तरका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया