Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – टोकियोमा बिशेष भेटघाट, शुभकामना आदानप्रदान, र साँगीतिक माहौलकाबिच नेपाली नयाँ वर्ष २०७१ मनाईएको छ ।

टोकियोमा रहेका नेपालीहरु एकैठाउँमा भेला भएर नयाँ वर्ष मनाउने अवसर भने एनआरएन आइसीसीका उपाध्यक्ष एवं टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले मिलाउनुभएको हो ।

टोकियो सेतागाया कोमाजावा दाइगाकुस्थित भट्टनिवासमा भएको सो नयाँ वर्ष कार्यक्रममा कार्यवाहक राजदूत तापस अधिकारीले जापानबासी नेपालीहरुमा नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभयो । यसैगरी बिशेष उपस्थितिकारुपमा हास्यकलाकार मनोज गजुरेल र गायिका कोमल वलीले पनि नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभयो । यसअघि उपस्थित सबैमा हार्दिक स्वागत गर्दै आयोजकका तर्फबाट आइसीसी उपाध्यक्ष श्री भट्टले नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभयो । यसैगरी जापानबासी नेपालीहरुका तर्फबाट एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले पनि नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तब्यकाक्रममा गायिका एवं सञ्चारकर्मी कोमल वलीले भनिन् – ‘आज नयाँ वर्ष बैशाख १ गतेकै दिन मेरो जन्म दिन पनि हो, आजदेखि मैलै आफ़्नो सवारीसाधनमा अत्यावश्यक बेलामा बाहेक हर्न बजाउने छैन, नयाँ वर्षमा मुलुक र मुलुकबासीको हितमा सबैले एउटा मात्र भए पनि राम्रो काम गर्ने प्रण गर्न सकौं ।’

यसैगरी अर्का कलाकार मनोज गजुरेलले जापानी संस्कृतिमा पाईने असाध्यै राम्रो आदरभाव र सहयोगी भावना आफुले पनि अनुसरण गर्ने नयाँ वर्षको अवसरमा प्रण गर्नुभयो । एनआरएन जापानका अध्यक्ष पारसमाणि पोखरेलले आगामी अक्टोबर महिनामा एनआरएनको क्षेत्रीय सम्मेलन नागानोकेनको तातेसिनामा गरिने जानाकारी गराउनुभयो ।

मैत्रिपूर्ण रात्रीभोजसहितको नयाँ वर्षको बिशेष जमघटमा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, बिद्यार्थी, ब्यवसायी, समाजसेवी, सञ्चारकर्मी एवं बैदेशिक पाहुनाहरुको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

सो अवसरमा गायिका कोमल वलीको जन्मदिन पनि सामुहिकरुपमा मनाईएको थियो भने मनोज गजुरेलको हास्यप्रस्तुती र गायिका वलीसंगको दोहोरीका साथै अन्य साँगीतिक प्रस्तुतीमा सहभागीहरुले मनोरञ्जन लिएका थिए ।

ठूलो सँख्याका नेपालीहरु एकैठाउँमा भेला भएर नयाँ वर्ष मनाउन पाएकोमा सहभागीहरु सबै खुशी देखिन्थे ।****   तस्विर : सन्दिप ढुंगाना
Bhatta 1 Bhatta 2 bhatta 4 Bhatta 5 Bhatta 7 Bhatta 8 Bhatta 9 Bhatta 12 Bhatta 13 Bhatta 14 Bhatta 15 Bhatta 16 Bhatta 17 Bhatta 18 Bhatta nivas bhattta 10

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 

 

 

तपाईको प्रतिक्रिया