काठमाडौं- फुजेल हत्याकाण्डलाई प्रभावित पार्न एमाओवादीले रणनीति छलफल सुरु गरेको छ ।
संसद र सडकबाट दवाव दिने गरि रणनीतिक कार्यक्रम तयार गर्न एमाओवादी नेताहरु छलफल जुटेका छन् । बिहान केन्द्रीय कार्यालय र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ ।
बैठकले फुजेलहत्याकाण्डका दोषिलाई सरकारले रिहा नगरे संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गर्ने छ । सोमबार तीनदलको बैठक नै बहिष्कार गरेको एकीकृत माओवादी सडक र सदन दुइटै ठाउँमा दवाव मुलक कार्यक्रम गर्ने तयारीमा छ ।
प्रवक्ता दीनानाथ शर्माले पार्टीले त्यसको रणनीति योजना बनाउने जानकारी दिए । मंगलबारसम्ममा आफ्ना मागको सुनुवाइ नभए सडक र सदनमा संघर्ष गर्ने चेतावनी एमाओवादीले दिएको छ ।
गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीको हत्या भएको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय माग गर्दै आइतबार चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको छ। अधिकारीको २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या भएको थियो।