Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

फुजेल घट्नाका अभियुक्त छाड्न माग

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं- एनेकपा माओवादीले फुजेल घटनामा मुद्दा चलाएको भन्दै तीन दलको बैठक बहिस्कार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह तीन दलको बैठकको सुरुमै गोरखा फुजेल घटनालाई सत्य निरुपण मेलमिलाप आयोग बनेपछि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ परेकालाई रिहाइको माग गर्नुपर्ने बताएका थिए ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनुपर्ने मुद्दालाई अदालत पुर्‍याएर सडयन्त्र गर्न खोजेको बताएका थिए।

अध्यक्ष दाहालले सरकारले फुजेल लगायत द्वन्दको समयका घटनामा पक्राउ गरिएकालाई रिहा गरिनु पर्ने र मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता गरिनुपर्ने बताएका थिए।

करिव १० मिनेट बैठकमा आफ्नो भनाई राखेपछि प्रधानमन्त्री निवासमा रहेको क्याविनेट बैठक कक्षबाट दाहाल सहित एमाओवादीका नेताहरु बाहिरिएका थिए।

सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभिव्युक्तलाई अदालतमा मुद्दा दर्ता गराएपछि एमाओवादीले सत्ताधारी दलसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।

मंगलबारसम्म सरकारले आफ्नो मागको सुनुवाइ नगरे नेकपा-माओवादीसँग एकता गरी सडक संघर्ष र संसद अवरुद्ध गर्ने निर्णय एमाओवादी केन्द्रीय पदाधिकारी बैठकले गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया