Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

मूलभट्टलाई ४० हजार र चार भट्टलाई ३० हजार

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं- पशुपतिनाथ मन्दिरबाट भेटीबापत १७ करोड रुपैयाँ संकलन भएको छ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ लागू गरेपछि उक्त रकम कोषमा दाखिला भएको हो।

यसअघि मूलभट्ट र भट्टले पशुपतिनाथको आम्दानी वार्षिक बढीमा एक लाख रुपैयाँ संकलन भएको जानकारी दिने र सो रकम बाँडफाँट गरेर लिने गर्थे।

कोषले २०६८ चैत २६ गतेदेखि पशुपतिनाथको दैनिक आम्दानी गणना गरेर कोषमा दाखिला गर्न थालेको छ।

कोषका लेखापाल सूर्यबहादुर भाटका अनुसार पशुपतिनाथको दानभेटी, बासुकी मन्दिरको दानभेटी, विशेष पूजा, हुन्डी, हनुमान र नारायणको मूर्तिबाट दुई वर्षमा १६ करोड ८१ लाख १४ हजार पाँच सय ७९ रुपैयाँ संकलन भएको छ।

२०६८ चैत २६ देखि २०७० चैत २५ सम्म पशुपतिनाथबाट आठ करोड ३६ लाख ६ हजार ४७, वासुकीबाट २९ लाख ७६ हजार ४८, विशेष पूजाबाट ६ करोड ९७ लाख ५२ हजार चार सय ७८, हुन्डी (चन्दा बाकस) बाट ८० लाख एक हजार चार सय चार र हनुमान र नारायणबाट ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ संकलन भएको थियो।

भेटी पारदर्शी गर्न थालेपछि कोषले मूलभट्टलाई मासिक ४० हजार र चार भट्टलाई ३० हजारको दरले तलब दिइरहेको छ। मूलभट्टले पूजाबापत दैनिक तीन हजार र भट्टले दुई हजार पाँच सय भत्ता पाएका छन्। यसबाहेक अन्य सुविधा पनि उनीहरूले पाउँदै आएका छन्।

 

तपाईको प्रतिक्रिया