काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताको सूसुचित हुन पाउने अधिकारको रक्षा र प्रवद्र्धन गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ ।
ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को दसौं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री रिजालले जनताको सूसुचित हुन पाउने अधिकार कुण्ठित हुन नदिन सरकारको तर्फबाट आवश्यक सहयोग हुने स्पष्ट गर्नुभयो ।
सञ्चार क्षेत्रसँग सम्बन्धित समस्यालाई सबै पक्षको सहकार्यमा समाधान गर्न सरकार तयार रहेको भन्दै उहाँले त्यसका लागि विद्यमान सञ्चार नीति र कानुनमा परिमार्जन गर्न सकिने जनाउनुभयो ।
मन्त्री रिजालले भन्नुभयो, “मन्त्रालयमा ज्ञापनपत्र र मागपत्र लिएर होइन समस्याको समाधानका लागि सुझावपत्र पनि लिएर आउनुस्, सहकार्य गरेर समाधान गरौं ।”
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, चैत्र ३०, २०७०
प्रकाशित समय: १७:००:२६