Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

जनकपुरधाम– वर्षको एकदिनमात्र फूल फुल्छ भन्ने सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । पूर्वपश्चिम राजमार्गखण्डअन्तर्गत छिमेकी जिल्ला सिरहाको पडरिया चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ ।

सलहेस फूलबारीको नाउँले प्रसिद्ध रहेको यो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँवर्षका दिन त्यहाँ रहेको हारमको रुखमा सुनाखरी आकारको फूल फुल्छ र साँझपख मौलाएर जान्छ ।

सो रुख फुलबारीको मध्य भागमा रहेको राजा सलहेसको गहबर (मन्दिर)सँगै टाँसिएको सो रुखमा वर्षको एक दिन एकाबिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्यमै रहेको छ ।

माला आकारको सेतो फूलको थुङ्गो जस्तो देखिनु र साँझपख मौलाएर जानु खोजकर्ताहरुका लागि अनौठो र रोचक विषय भएको छ ।

ती रुख के का हुन्, कसरी यतिका दिनसम्म बाँचीरहेका छन्, भन्ने वनस्पतिविद्हरुका खोजको विषय बनेको छ ।

राजा सलहेस को थिए, कसरी एउटा दुसाद(दलित) जातिको व्यक्ति राजा भए र वर्षको एकपटक मात्र फुल्ने फूलका बारेमा पनि एउटा रोचक तथा सत्य घटना रहेको छ ।

छैठौँ, सातौँ शताब्दी तिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकाअन्तर्गत पर्दछ । त्यसबेला त्यहाँका सामन्त जमिन्दार भैरवभूपाल सोनम र मन्दादेरीको कोखबाट एउटा दुनु स्वस्थ वीर बालक जयवर्धन (सलहेस)को जन्म भएको थियो । सानैदेखि सौर्यवान् प्रखर बुद्धिका धनी र शक्तिशाली थिए– सलहेस ।

सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किरात प्रदेश, तिब्बत र भुटान तिरबाट आर्यवर्तमा अन्नबाली, पशुहरु लुटेर लैजान बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किरातहरुको आक्रमणलाई रोक्न सलहेसका बुबा भोपाल सोमनदेव गरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमटिर उत्तरतर्फ) राज हिनुपति शम्सेर भण्डारीलाई सघाउन गए ।

भोट र किरातसँग भएको युद्धमा भूपाल सोमनदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गणपति बने सलहेस गणपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म अन्तर हिमालयका पद्म प्रदेश र दक्षिण गङ्गासम्म आफ्नो सैन्य संगठनलाई सुदृढ पारेका थिए ।

पकडिया गढकी राजकुमारी चन्द्रावतिको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्न सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्बदन्ती रहेको छ ।

राजा सलहेस दलितहरु मध्ये दुसाद जातिमा भएकाले आज पनि जहाँजहाँ दुसाद जातिका मानिसहरु छन् त्यहाँत्यहाँ सलहेसका गहबर बनाई देउताको रुपमा सलहेसको पुजा गर्ने परम्परा रहेको छ ।

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिमदक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा रहेको हारमको रुखमा वैशाख १ गतेका दिन मात्र सुनाखरी फूलमाला देखा पर्दछन् र दिन ढल्दै जाँँदा उक्त माला विस्तारै मौलाउँदै जान्छ । त्यसदिन अचम्मको फूल हेर्न नेपाल, भारतका असङ्ख्य व्यक्तिहरु आउने र मेला लाग्ने गरेको छ ।

किम्बदन्ती अनुसार प्रत्येकवर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमा लिएर रुखमा प्रकट हुन्छे । भनिन्छ, साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुन्छ । मेलाका दिन दर्जनौ युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्दछन् ।

सिरहा जिल्लाभित्र राजा सलहेसका गाथासँग जोडिएको धार्मिक स्थलको खोजी गरी यसको विकास गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ–प्रेस काउन्सिल नेपालका सदस्य चुनदेव कामती भन्नुहुन्छ ।

यो मात्र एउटा यस्तो देवता हो, जसलाई सबै समुदायका मानिसले पुज्ने गर्दछन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिलेपनि गाउँगाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।

आफ्ना समयमा पराक्रमकै बलमा नागरिकलाई सु–शासनको प्रत्याभूति गराउने लोक देवता सलहेको जीवन गाथासँग जोडिएको धार्मिक तथा ऐतिहासिक स्थलहरु सलहेस फूलबारी, मानिकदह, पकडियागढ आदिको विकासमा सरकारले ध्यान दिन सके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुका साथै ग्रामीण अर्थतन्त्रको विकासमा थप टेवा पुग्नेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया