Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं– उद्योग मन्त्री कर्णबहादुर थापाले सही रुपमा लाग्ने हो भने आगामी विस वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजोमा पुग्ने दावी गरेका छन् ।

उनले संवाद डवलीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने, ‘नेपाल संभावना भएको देश हो, यहाँको हरेक पुजी उत्पादनका क्षेत्रमा लगानी गर्न जरुरी छ ।’

नेपाली पुजी अनुत्पादक क्षेत्रमा लगानी हुनुले गर्दा बेरोजगारी बढेको बताउँदै उनले उद्योग स्थापना र लगानीको वातावरण निर्माण गर्न आवश्यक भएको बताए । उनले आफु सोही कार्यका लागि आवश्यक ऐनहरु निर्माण कार्य अघि बढाउन लागेको पनि जानकारी दिए ।

मन्त्री थापाका अनुसार देश सिमेन्ट र चिनीमा मात्र आत्मनिर्भर हुने अवस्थामा रहेको छ । ‘बन्द भएका म्याग्नेसाइड, औषधि, चिनी, कपडा उद्योगहरु सञ्चालनमा ल्याउने र त्यसमा दश हजार नेपालीलाई रोजगारी सिर्जना गर्ने संकल्प लिएकाने छु’ उनले भने ।

मन्त्री थापाले देशका विभिन्न ठाउँमा औधोगिक क्षेत्र बनाउने लक्ष्यका साथ मन्त्रालयमा अध्ययन प्रक्रिया अघि बढाएको पनि बताए । उनले भने, ‘यसका साथै उच्च प्राथमिकताका साथ देशमा कृषि, पर्यटनलाई अघि बढाउन आवश्यक छ ।’

नेपालको १० ठाउँमा पेट्रोलियम पर्दाथ, काठमाडौ लगायत १० ठाउँमा ग्याँस, ३ ठाउँमा युरोनियम रहेको जानकारी दिदै उद्योग मन्त्री कर्णबहादुर थापाले त्यसको संभावना अध्ययन भईरहेको पनि बताए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया