कास्की– कास्की जिल्लाको पोखरास्थित फेवातालमा हावाहुरीको कारण विपद्मा परेको डुंगामा रहेका दुई जना जर्मन नागरिकलाई एपीएफ टोलीले सकुशल उद्धार गरेको छ ।
फेवातालमा डुंगामा सयर गरिरहेका जर्मन नागरिक डोमिनिक डोडेम (पुरुष) र सोफिया क्राडेनोभा (महिला) दिउँसो करीब तीन बजे एक्कासी आएको हावाहुरीबाट तालमा छाल आई डुंगा चलाउन नसकी अलपत्र परेको अवस्थामा फेवाताल नजिक रहेको रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट विपद् उद्धार कार्यमा तत्काल सेवा पु¥याउने अभिप्रायले फेवातालको रेस्क्यु टावरमा विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली खटिँदै आएको छ ।
हावाहुरी चलेपछि तालमा छाल उठी डुंगा चलाउन नसक्ने स्थित सृजना भएपछि तालको विचैमा अलपत्र परेका उनीहरुलाई सो रेस्क्यु टावरबाट सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द लामिछानेको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्काल उद्धार गरेको थियो ।