Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- निर्वाचन सम्पन्न भएको पाँच महिनासम्म पनि सरकारले २६ सभासद मनोनयन नगरेर संविधानसभालाई पूर्णता दिन सकेको छैन।

राजनीतिक दलहरुबीच भागबण्डा नमिल्दा र वैद्य माओवादीलाई पनि संविधानसभामा ल्याउने पहल स्वरुप पूर्णतामा ढिलाइ भएको हो । संविधानसभाको पूर्णताबिनै सभाध्यक्ष र उपाध्यक्ष पनि चयन गरिसकिएको छ।

अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण प्रक्रिया पनि अघि बढाइएको छ। संविधानसभाअन्तर्गतका विभिन्न पाँच समितिका बैठक बस्न थालिसकेका छन्।

सभाध्यक्ष सुवास नेम्वाङले सभासद मनोनयनबारे प्रमुख दलका शीर्ष नेतालाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छन् ।

अघिल्लो संविधानसभामा पनि सरकारले २६ जना मनोनीत गर्न ढिलाइ गरेको भन्दै गणतन्त्र घोषणासम्बन्धी संविधानसभाका निर्णयमाथि नै केही दलले प्रश्न उठाएका थिए।

प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले सरकारले २६ जना मनोनयन गर्ने आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिए। यसबारे प्रमुख दलका नेताबीच अनौपचारिक छलफल भइरहेको अधिकारीको भनाइ छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया