Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् ।

पाण्डेले १२३.४ प्रतिशत मतभार पाए भने भाष्करराज राजकर्णिकारले ११४.७ प्रतिशत मतभार पाएका थिए । एशोसिएटमा बलियो ठानिएका भाष्करले ठूलो मतले लिड गर्न नसकेपछि उनले पराजय भोग्नुपर्यो । एशोसिएट र द्विराष्ट्रियमा खसेको ५८० मतमध्ये भाष्करले जम्मा २९१ मत मात्रै प्राप्त गरेका थिए । प्रतिश्पर्धी पाण्डेले २८९ मत पाएका थिए ।

वस्तुगतमा भाष्करले ३२ मत पाएका थिए भने पाण्डेले ५६ मत पाएका थिए । एशोसिएटको सदस्यमा भने भाष्करको प्यानलले स्विप गरेको थियो । वस्तुगतमा भाष्कर पक्षका पाँच सदस्य र पाण्डे पक्षका सात सदस्यले विजयी हाँसिल गरेका छन् ।

अञ्चल प्रतिनिधीमा पाण्डे पक्षका १३ जना विजयी हुँदा भाष्कर पक्षका एक जना उम्मेदवार मात्रै विजयी भएका थिए । जिल्ला नगरका १४ मध्ये १३ जना छानिए पनि एक जना भने बराबरी भएको छ । पाण्डे पक्षले जिल्ला नगरमा आफ्ना आठ प्रतिनिधी र भाष्कर पक्षका छ प्रतिनिधी विजय भएको दावी गरेको छ ।

जिल्ला नगरको उपाध्यक्षमा पाण्डे समूहका किशोर प्रधान विजयी भएका छन् । उनले ९३ मत पाए भने भाष्कर समूहका डिबि बस्नेतले ८९ मत पाए । दुई जना उपाध्यक्ष चयन भएकामा दुवै पाण्डे समूहबाट आएका छन् । वस्तुगतमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी पनि पाण्डे समूहका हुन् भने श्रेष्ठसँग उदयराज पाण्डे प्रतिश्पर्धामा पछि परेका थिए ।

एशोसिएटको उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । गोल्छाले ३३६ मत पाएका थिए भने प्रतिश्पर्धी विके श्रेष्ठले २३७ मत पाएका थिए । वरिष्ठ उपाध्यक्ष भने चुनिएका सदस्यले दिने मतमा छानिन्छ । वरिष्ठ उपाध्यक्षमा भाष्करकोतर्फबाट पशुपति मुरारका मैदानमा छन् भने पाण्डेको पक्षबाट भवानी राणाले प्रतिश्पर्धा गरिरहेकी छन् ।

अञ्चल प्रतिनिधीमा मेचीबाट प्रकाश प्रसाईं, कोशीबाट रोहितप्रसाद प्रसाईं, सगरमाथाबाट अशोककुमार अग्रवाल, जनकपुरबाट रामकपुर साह (निर्विरोध), बागमती मनिषलाल प्रधान, नारायणी धर्मनाथप्रसाद जैसवाल (निर्विरोध),गण्डकी दीपक लम्साल (निर्विरोध),लुम्बनी कृष्णप्रसाद श्रेष्ठ, धवलागिरी निर्माणकुमार श्रेष्ठ (निर्विरोध), राप्ती हरिहर बुढाथोकी, भेरी भवानी राणा (निर्विरोध), कर्णाली नरविर रावत, सेती गोपाल हमाल (निर्विरोध), महाकाली मंगलसिंह ठगुन्ना (निर्विरोध) भएका छन् ।

जिल्ला नगरतर्फका सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका गुणनीधि तिवारी, मेची उद्योग वाणिज्य संघका केशवराज पाण्डे विजयी भएका छन् । त्यसैगरी धुलिखेल उद्योग वाणिज्य संघका दिलसुन्दर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका शंकर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका नरेन्द्रकुमार खड्का विजयी भएका छन् । त्यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका युवक राजभण्डारी, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका महेन्द्रकुमार श्रेष्ठ, कृष्ण नगर उद्योग वाणिज्य संघका ओमप्रकाश बंशल, सुर्खेत उद्योग वाणिज्य संघका निरक केसी, वालिंग उद्योग वाणिज्य संघका चोपनारायण श्रेष्ठ, वीरगञ्ज उद्योग वाणिज्य संघका विजयकुमार सरावगी, नेपालगन्ज उद्योग वाणिज्यका सुनिलकुमार शर्मा विजयी भएका छन् । बस्तुगतमा १२ जनाका लागि २२ जनाले चुनावी प्रतिश्पर्धा गरेका थिए । यो समूहमा प्रदिपजंग पाण्डे समूहको बहुमत आएको छ ।

वस्तुगतका १२ मध्ये पाण्डे समूहका सात जना र भास्करराज राजकर्णिकार पक्षका पाँच जना समस्य निर्वाचित भएका छन् । यो समूहबाट निर्वाचित हुनेमा अनुपबहादुर मल्ल (६३ मत), अशोक शर्मा(४९), उमेशलाल श्रेष्ठ (६२), कमला श्रेष्ठ (५१), राजकुमार भट्टराई (४८), राजन शर्मा (४८), शुकुन्तलाल हिराचन(५३), शंकर प्रसाद पाण्डे(४७), शौरभ ज्योति(५०), संजय गिरी(५१), संजीव राजभण्डारी(६२) र संदिपकुमार अग्रवाल(४९) छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया