Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

रुपन्देही- गृहमन्त्री बामदेव गौतमले करोडौँको लगानीमा बनेको फुटपाथलाई व्यापारको थलो बनाएकालाई हटाएरै छाडने बताएका छन् ।

शनिबार भैरहवामा नेकपा एमाले जिल्ला कार्य कमिटी रुपन्देहीको प्रथम जिल्ला परिषद कार्यक्रमको उदघाटन गर्दै गृह मन्त्री गौतमले करोडौँको लगानीमा बनाएको फुटपाथ व्यापारीलाई व्यापार गर्न नभई जनतालाई हिँडन बनाइएको बताए ।

कुनै व्यवसाय नभएको घरमा खान लाउन नपुग्नले र २÷४ सयको लगानीमा फुटपाथमा पसल खोलेर खोलेर गुण्डागर्दीको आडमा पसल सञ्चालन गर्न खोजेको उनको आरोप छ ।

‘फुटपाथमा पसल खोलेर बसिदिएपछि मान्छे बाटोबाट हिँडछन, दुर्घटना हुन्छ र क्षतिपूर्ति भन्दै देशै ठप्प पार्ने गरेको मनसाय हो’ उनले भने ।

संविधान जारी गर्नु भन्दा पहिले स्थानिय निकायको निर्वाचन गर्ने गौतमले बताए । उनले सबै एमालेका मन्त्रीहरुले जनताको हितमा काम गर्न बताए ।

एमालेको तर्फबाट कुनै पनि व्यक्तिले भ्रष्टाचार गर्यो भने त्यस्तो व्यक्तिलाई ठाडै कारवाही गरिने उनले बताए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया