Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ- उपसभामुख ओमसरी घर्तीमगरले नेपाल-पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५४ वर्षको अवधिमा आर्थिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पाकिस्तानले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताएकी छिन् ।

नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा शनिवार राजधानीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले पाकिस्तान नेपालको एक असल छिमेकी राष्ट्र रहेको र दुई देशबीचको सुमधुर सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएकी हुन् ।

नेकपा मालेका महासचिव सिपी मैनालीले पाकिस्तान नेपालको एक घनिष्ठ र भरपर्दो छिमेकी राष्ट्र रहेको बताए । उनले नेपालले अब निर्धारित समयमै नयाँ संविधान प्राप्त गरी राजनीतिक स्थिरता र आर्थिक समृद्धि प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानी राजदूत अर्साद साउद खोसाले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै जनस्तर विस्तार गर्न यस्ता स्वास्थ्य शिविरहरु पनि प्रभावकारी हुने उल्लेख गरे ।

सङ्घका अध्यक्ष हिमालयशम्सेर राणाले पाकिस्तानबाट हालसम्म ६०० भन्दा बढी चिकित्सक, २०० भन्दा बढी इन्जिनियरलगायत नेपाली दक्ष जनशक्तिले उच्च शिक्षा हासिल गर्न सकेको जानकारी दिए । सङ्घका महासचिव मन्जुरत्न शाक्यले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरेका चिकित्सकहरुको सहभागितामा पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरु गरी दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गरिने जानकारी दिए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया