दुबई – नेपाली एकता समाज युएइको आयोजनामा यही अप्रिल १८ मा दुबईमा हुन गइरहेको रक्तिम साँझ कार्यक्रमको विशेष प्रस्तुतीको लागि जनगायक तथा रक्तिम अभियान नेपालका केन्द्रीय अध्यक्ष जिवन शर्मा युएई आएका छन ।
रक्तिम साँझ कार्यक्रमका आयोजक संस्था नेपाली एकता समाज युएईले शुक्रबार दुवईमा शर्मासंग भेटघाट तथा परिचय कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गायक शर्माले रक्तिम साँस्कृतिक अभियान अन्तर्गत आफुले विभिन्न देशहरुमा गएर मजदुरका गीतहरु गाएको र जनताका गीतहरु, बर्गिय मुक्ति आन्दोलनका गीतहरु अन्तर्राष्ट्रियकरण भएको जानकारी दिए । नेपालमा जनताप्रति उत्तरदायी सरकार नभएको बताउँदै उनले साँस्कृतिक अभियान मार्फ चेतनाको विगुल फुक्दै भ्रष्टाचार र अपराधका विरुद्ध संघर्ष गरिरहेको जानकारी दिए ।
नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षताका आयोजित उक्त कार्यक्रममा विषेश अतिथिहरु नेपालबाट आएका रक्तिम साँस्कृतिक अभियानका उपाध्यक्ष दलबहादुर विक, केन्द्रीय सदस्यहरु जीवन पुन र मञ्जु राना र नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण ढकाल रहेका थिए । अन्य अतिथिहरुमा रक्तिम अभियान युएईका अध्यक्ष डम्बर भण्डारी, बागलुङ सेवा समाजका पिताम्बर पाण्डे, अर्घाखांची सेवा समाजका सहसचिव चिरण केसी, स्याङ्जा सहयोग समाजका सचिव राम गुरुङ, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव मेघराज खनालले गरेका थिए ।
रक्तिम साँझ कार्यक्रमको तयारी र व्यवस्थापनको बारेका रिपोर्टिङ गर्दै अन्तर्राष्ट्रिय एकता समाजका सदस्य शिवराज जैसीले उक्त कार्यक्रमले विश्वभरका मजदुरलाई नयाँ सूचना प्रवाह दिने घोषणा गरेका थिए । युएईमा हुने अन्य लोक, पप र दोहरीका कार्यक्रमहरु भन्दा बेग्लै मजदुरका गीतहरु मार्फ युएईबासी नेपाली मजदुरहरुलाई मनोरञ्जनका साथै चेतना दिने आफुहरुको लक्ष्य रहेको अध्यक्ष कृष्ण केसीले बताए । दुबइको अस्ट्रेरिया होटलमा हुन गइरहेका उक्त कार्यक्रम ऐतिहासिक हुने पनि उनले जानकारी दिए ।
सोही कार्यक्रमको विचमा रक्तिम परिवार युएई र रक्तिम साँस्कृतिक अभियान युएइको नयाँ कार्यसमितिको पनि घोषणा गरिएको थियो । रक्तिम परिवार युएईको कलाकारहरुमा ललित थापा, करुणा केसी, गोपाल सूचिकार, तुलसा थापा, जुना प्रसाई र हिरा केसी रहेकाछन भने रक्तिम साँस्कृतिक अभियान युएइको नयाँ कार्यसमितिको अध्यक्षमा डम्मर भण्डारी, उपाध्यक्षमा दिपक शाह, सचिवमा कृष्ण आचार्य, सहसचिवमा चिरण केसी, कोषाध्यक्षमा सिता श्रीस, सदस्हरुमा बसन्त थापा र सूर्य केसी रहेका छन । ***