Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं- मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउने पूर्वमन्त्रीदेखि बहालवाला सभासद्सम्म ट्राफिक कारबाहीमा परेका छन् ।

पछिल्लोपटक पूर्वराज्यमन्त्री खोभारी राया यादब तथा बाहालवाला सभासद अर्जुन जोशी र आङटावा शेर्पा प्रहरी कारबाहीमा परेका हुन् ।

स्वयम्भूमा बिहीबार राति ट्राफिक प्रहरीले एउटा मोटरसाइकल रोक्यो । ट्राफिकलाई छल्ल खोज्दा चाकल सडकमा पछारिए । मदिराले मातिएका ती चालक थिए पूर्वराज्यमन्त्री यादब । सुरुमा ट्राफिक प्रहरीले ठम्याउन सकेन । सोधपुछ गर्दा उनी पूर्वमन्त्री भएको खुल्यो ।

यसअघि उनी तीनपटक कारबाहीमा परिसकेको स्रोतले बताएको छ ।

केहीदिन अघि सभासद् जोशी पनि ललितपुरको सानेपामा ट्राफिक प्रहरीको फन्दामा परेका थिए । त्यस्तै नेपाली कांग्रेस रामेछापका नेता एवं सभासद् आङटावा शेर्पा पनि मापसे गरेर सवारी चलाइरहेका बेला राजधानीको कमलपोखरीबाट पक्राउ परेका थिए ।

मापसे कारबाहीमा पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि परेका छन् । खनाललाई सुकेधाराबाट केहीसमय अघि समातिएको थियो । उनीहरु सबैको लाइसेन्स प्वाल पारेर प्रहरीले दिएको छ ।

चलचित्रका नायक भुवन केसी पनि दुई दिन अघि दोस्रो पटक मापसे कारबाहीमा परेका छन् ।

ट्राफिक महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले मापसे कारबाहीमा कसैलाई छुट नदिन मातहतका कार्यालयका इन्चार्जलाई निर्देशन दिएका छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया