Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं– सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दामोदरप्रसाद शर्माले प्रधानन्यायधीशमा सपथ लिएका छन् । संसदीय सुनुवाई समितिले प्रधानन्याधीश हुने बाटो खुल्ला गरेपछि शर्माले शुक्रबार विहान राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अदालतका न्यायाधीशहरू, निजामती सेवाका वरिष्ठ पदाधिकारीहरूलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको जन्म २००६ साल असोज २६ गते भएको हो । लण्डन विश्वविद्यालयबाट कानुन संकायमा स्नातकोत्तर गरेका शर्माले २०३० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् । राजपत्रांकित तृतीय श्रेणीबाट सेवामा प्रवेश गरेका शर्माले ललितपुर जिल्ला अदालतमा २०३२ मा सेवा गरेका थिए । महोत्तरी, धनुषा, सप्तरी, डडेल्धुरा, काठमाडौं, पर्सा र बारा जिल्लामा जिल्ला न्यायाधीशको रुपमा काम शर्माले गरे ।
पुनरावेदन अदालत हेटौडा, जनकपुर, पोखरा, सुर्खेत, विराटनगर र पाटनमा न्यायाधीशको रुपमा सेवा गर्नुभएका शर्मा २०६१ सालमा पुनरावेदन अदालत राजविराजको मुख्य न्यायाधीश बनेका थिए । विसं २०६२ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेका शर्मा २०६४ सालमा सर्वोच्चको स्थायी न्यायाधीश बनेका थिए । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त हुनु भएपनि कायममुकायम प्रधानन्यायाधीशको रुपमा रहेका छन् ।
प्रधानन्यायाधीश समेत रहेका रेग्मीले गत माघ २८ गते राजीनामा दिएपछि शर्माले नै पुनः कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए । यही चैत १७ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो । परिषद्ले व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली २०७० को प्रयोजनका लागि व्यवस्थापिका–संसद्, संसदीय सुनुवाई विशेष समितिमा पठाएको थियो । सर्वोच्च अदालतमा सात वर्षभन्दा बढी सेवा गर्नुभएका शर्मालाई शुक्रवार मात्रै सो समितिले नियुक्तिका लागि बाटो खोलिदिएको हो ।
भारत, भुटान, बङ्गलादेश, चीन, टर्की, स्वीजरल्याण्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, दक्षिण अफ्रिका, मलेसिया, रुस र दक्षिण कोरियालगायतका मुलुकहरूको भ्रमण गरेका छन् । शर्मा अविवाहित छन् ।रासस  ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया