Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

पोखरा- प्रधानमन्त्री सुशील कोइरालाले अबको एक वर्षभित्र संविधान जारी गरेरै छाड्ने बताउनुभएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले पोखरामा गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वलाई एक वर्ष समय दिएमा संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘कमसेकम एक वर्ष समय दिनुस्,’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘एक वर्षभित्रै संविधान जारी हुन्छ, यो मेरो दृढता हो ।’ मुलुक शान्ति, स्थायीत्व र विकासतर्फ लम्किसकेकाले अब संविधान निर्माण र विकासका कामले तीव्रता पाउने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले मुलुक लामो समयसम्म द्वन्द्वमा फसेकाले विकासको थालनी हुन नसकेको भन्दै अबको केही वर्षमा मुलुकमा विकासको लहर सुरु हुने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्नेमा विश्वस्त हुन सबै पोखरेलीहरुलाई आग्रह पनि गर्नुभएको छ । विमानस्थल निर्माणका लागि चीनको सिएएमसी कम्पनीलाई जिम्मा दिइसकेको अवस्थामा अब विमानस्थल निर्माणका विषयमा शंका गरिरहनु आवश्यक नरहेको उहाँले बताउनुभयो ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया