Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका दुई प्रत्यासी आफ्नो पक्षमा भोट पार्न अन्तिम कसरतमा लागेका छन् ।

शुक्रबारबाट सुरु हुने महासंघको ४८औं साधारणसभाले भाष्करराज राजकर्णिकार वा प्रदीपजंग पाण्डे मध्ये एकलाई आगामी तीन वर्षका लागि महासंघको नेतृत्व सम्हाल्ने अवसर दिने छ ।

शनिबार कार्यकारिणी समितिका लागि निर्वाचन हुने कार्यक्रम महासंघले तय गरेको छ । अध्यक्षका दुबै प्रत्यासीले पदाधिकारीसहित कार्यकारी समिति सदस्यमा पनि प्यानलसहित नै उम्मेदवारी दिइसकेका छन् । ६१ पदमा १ सय ३२ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका दुबै प्रत्यासीले आफ्नो पक्षमा भोट पार्न सम्पर्क कार्यालय स्थापना गरेरै प्रचारप्रसार अभियानलाई तीव्रता दिंदै आएका छन् । अध्यक्षका दुबै प्रत्यासी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरुले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने एजेण्डालाई नै निरन्तरता दिएका छन् ।

राजकर्णिकारको प्यानलमा वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका, जिल्ला तथा नगर उपाध्यक्षमा डीबी बस्नेत, वस्तुगत उपाध्यक्षमा उदयराज पाण्डे र एसोसिएट उपाध्यक्षमा शेखर गोल्छा रहेका छन् ।

यस्तै, पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा भवानी राणा, जिल्ला तथा नगर उपाध्यक्षमा किशोरकुमार प्रधान, वस्तुगत उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट्स उपाध्यक्षमा बीके श्रेष्ठ छन् ।

जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सको प्रत्यक्ष निर्वाचन हुने छ भने वरिष्ठ उपाध्यक्ष भने निर्वाचित भएर आएका ६१ जनाले छान्ने प्रावधान छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया