Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – जापानमा पहिलो नेपाली चिकित्सककारुपमा चिनिएका स्व. डा. योगेन तुलाचनको स्मृतिमा थकाली सेवा समिति जापानले गत हप्ता मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको सो सँस्थाका निवर्तमान अध्यक्ष शरदकुमार गौचनले बताएका छन् ।

शिविरमा थकाली स्वास्थ्यकर्मी परिवारको प्राविधिक सहयोग, निप्पोन पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर र नेपाल-जापान सम्पर्क समिति थसेस परिवार नेपालको विशेष सहयोग रहेको थियो । कार्यक्रमका लागि डा. दीपेश शाक्यको नेतृत्वमा ५ चिकित्सकसहित १५ जनाको टोली काठमाडौंबाट मुस्ताङ पुगेको थियो ।

टुकुचेमा आयोजित शिविरमा आसपासका गाविसबाट आएका समेत गरी २ सय ५० जनाले सेवा लिएका थिए । सेवा लिनेमा आधाभन्दा बढी महिला रहेका थिए । शिविरमा आएका बिरामीमध्ये धेरैलाई हड्डी खिएर हुने ओस्टियोआर्थराइटिस र यूरिक एसिड भएको पाइएको थियो । केही बिरामीलाई भने अन्य अस्पतालमा रिफर गरिएको थियो ।

शिविरमा स्त्री रोग, प्रसूति, हाडजोर्नी, बालरोग, सुगर, उच्च रक्तचापलगायतको उपचार गरिएको थियो । शिविरमा सुगर, युरिक एसिड, हेमोग्लोविन परीक्षण तथा इसिजीलगायतका सेवा पनि दिइएको थियो । शिविरमा डा. दीपेश शाक्य, डा. सुष्मा भट्टचन, डा. कुमार श्रेष्ठ, डा. कृपा शेरचन र डा. जया तुलाचनले सेवा दिएका थिए ।

त्यसैगरी कुञ्जो गाविसको ताक्लुङ निमाविमा आयोजित शिविरमा करिब ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये अधिकांशलाई उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको थियो ।

अत्यधिक चिसो मौसम र अधिक मदिरा सेवनका कारण यस्तो समस्या हुने डा. दीपेश शाक्यले जानकारी दिए । उनीहरुमा उपचारका साथै जनचेतनाको पनि आवश्यकता रहेको डा. शाक्यले बताए । महिलामा पेट दुख्ने, पाठेघर खस्ने र सेतो पानी बग्ने समस्या रहेको डा. जया तुलाचनले जानकारी दिएकी छन् ।

यसैगरी बालबालिका अधिकांशमा खोकी लाग्ने र सरसफाइको कमीका कारण छालाजन्य रोग देखिएको डा. सुष्मा भट्टचनले बताइन् । शिविरमा सेवा लिएका बिरामीमा हाडजोर्नी, यूरिक एसिड र मदिराजन्य रोग धेरै देखिएको डा. कृपा शेरचनले जानकारी दिएकी छन् ।

शिविरमा करिब ५० जना बिरामीको इसिजीसमेत गरिएको थियो ।  स्वास्थ्य सुविधाबाट वञ्चित मुस्ताङका जनताले स्वास्थ्य शिविरबाट लाभ लिएको र आगामी दिनमा पनि वृहत स्वास्थ्य शिविर गर्ने थकाली स्वास्थ्यकर्मी परिवारका अध्यक्ष तथा शिविर संयोजक विश्व शेरचनले समुद्रपारिलाई बताएका छन् । (फ़ोटो सौजन्य: थसेस जापान) ****

Ok 020 019 018 017 016 015 014 013 012 011 010 009 008 007 006 005 004 003 002 000 001 ok Desu OkOk

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 

तपाईको प्रतिक्रिया