Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

टोकियो – एनआरएन जापानको कान्साइ क्षेत्रीय कमिटीले अप्रिल १४ तारिख सोमबारका दिन एक बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली नया वर्षो उपलक्ष्यमा हुन लागेको उक्त बनभोज कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै नेपाली सँस्कृति झल्काउने नाचगान तथा अन्य रोचक खेलहरु पनि खेलाईने आयोजक श्रोतबाट थाहा भएको छ । यसका साथै सो अवसरमा हालै सम्पन्न मैत्रिपूर्ण फुटबल प्रतियोगिताका बिजयी टिमलाई प्रमाणपत्रसहित सम्मान गरिने कार्यक्रम पनि रहेको बताईएको छ ।

उक्त कार्यक्रमको सबै तयारी पुरा भईसकेको जानाकारी गराउँदै आयोजक सँस्थाका तर्फबाट सचिव रमेशबाबु घिमिरेले सम्पूर्ण कान्साईबासीहरुलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक आह्वान गरेका छन् । कार्यक्रम ओसाकाको योदोगावा कु निशी नाकाजिमामा अपरान्ह १२ बजेबाट सुरु हुने बताईएको छ । कार्यक्रममा भाग लिनका लागि जनही २ हजार येन शुल्क तोकिएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया