Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

टोकियो – नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले आज स्वदेश प्रस्थान गर्नुभएको छ ।

महासंघको जापान शाखाको गत आइतबार सम्पन्न दोस्रो अधिवेशनका लागि अध्यक्ष गाउँले जापान आउनुभएको हो ।

अध्यक्ष गाउँलेलाई जापान शाखाका अध्यक्ष तिलक मल्ल, प्रवासी नेपाली मञ्च (ONF) जापानका अध्यक्ष कृष्ण खड्का र मञ्चकै उपाध्यक्ष राजकुमार पण्डितले हानेदा विमानस्थलमा बिदाई गर्नुभएको थियो ।

क्याथेप्यासिफिक र ड्रयागन एअरलाइन्सको रुट हङकङ हुँदै उहाँ आजै काठमाडौं पुग्नुहुने छ ।
Bidhai Gaule
आइतवार सम्पन्न जापान शाखाको दोस्रो अधिवेशनमा प्रमुख अतिथिका लागि आमन्त्रित गाउँलेले अधिवेशनको अवसरमा जापानका करिव ३० जना जति पत्रकारहरुलाई पत्रकारिता र उदघोषण सम्बन्धि आधारभूत प्रशिक्षण दिनुभएको थियो । एक कुशल प्रशिक्षककारुपमा समेत परिचित गाउँलेको प्रशिक्षणबाट सहभागी पत्रकारहरु अत्यन्त प्रभावित भएका थिए ।

उहाँ गत ४ तारिख टोकियो ओर्लनुभएको थियो सोहि दिन उहाँ नागानो केनको भिजिटमा जानुभएको थियो भने ६ तारिखको अधिवेशन सकेर ७ तारिख टोकियोका बिशेष स्थानहरुको अवलोकन गर्नुभएको थियो । ८ र ९ तारिख उहाँलाई हिरोसिमा र नागासाकीको अवलोकन भ्रमण गराईएको थियो । त्यहाँ उहाँले अन्य सामरिक महत्वका प्रमुख स्थानहरुको अवलोकन गर्नुका साथै नेपालबाट आएका खेतीपातीमा काम गरिरहेका प्रशिक्षार्थी कामदारहरुको स्थिति र उनीहरुको अवस्थाबारे जानाकारी लिनुभएको थियो । ‘अर्धदक्ष नेपालीका लागि पनि जापानको श्रम बजारमा राम्रो अवसर रहेछ तर यसलाई ब्यवस्थित गर्न नेपाल सरकारको ध्यान जान नसकेको पाईयो’ – उहाँले भन्नुभयो – ‘यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराईने छ ।’

अत्यन्त कम समयलाई भरपुर उपयोग गर्दै विभिन्न महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गरी अध्यक्ष श्री गाउँले आज स्वदेश फ़र्कनुभएको हो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया