काठमाडौं- राप्रपा नेपालले पार्टीको नाम परिवर्तनको तयारी सुरु गरेको छ । उसले पार्टी नाम र कतिपय कार्यदिशा सच्याउने तयारी गरेको छ ।
नेपाली मोडलको मौलिक प्रजातन्त्र दर्शाउने गरी पार्टी नाम राखिने अध्यक्ष कमल थापाले जानकारी दिए ।
जेठ १० देखि १३ गतेसम्म राजधानीमा हुने महाधिवेशनले पार्टी नेतृत्व, भावी कार्यादिशा र विधानसमेत परिवर्तन गर्ने जानकारी उनले दिए ।
संविधानसभामा चौथो शक्तिका रूपमा स्थापित भएको राप्रपा नेपालले सबै समर्थकलाई समेट्न नयाँ नाम राख्ने भएको हो । यसका लागि पार्टीले अध्यक्ष थापाको संयोजकत्वमा राजनीतिक दस्तावेज लेखन समिति बनाएको छ । त्यसमा सहअध्यक्ष पद्मसुन्दर लावती, वरिष्ठ नेता केशरबहादुर बिष्ट, उपाध्यक्षद्वय राजीव पराजुली र धवलशमशेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ र विज्ञहरूसहित ३८ जना छन् ।
महाधिवेशनमा ७५ जिल्लाका करिब २ हजार २ सय प्रतिनिधि र ३ सय पर्यवेक्षक सहभागी हुनेछन् ।