Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

मोरङ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीन कार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् ।

बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले निजामती सेवामा रहेर विदेशको डिभी र पिआर लिनेको नामावली सङ्कलन अन्तिम चरणमा पुगिसकेकाले चाँडै नामावली सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि लैजाने दृढता व्यक्त गरे ।

उनले देशको सेवा गर्छु भन्नेले पैसा कमाउनकै लागि डिभी र पिआर लिँदा नेपालीको स्वाभिमानमा आँच आएकाले त्यस्तो कार्य गर्नेलाई एकपल्ट सच्चिने मौका दिने र नमान्नेलाई राज्यघातको आरोपमा कानुनी कारबाही थाल्ने जानकारी गराए ।

मन्त्री पण्डितले दोहोरो नागरिकता र अनुमति लिने सरकारी कर्मचारीको नामावली उपलब्ध गराउन विदेशी राजदूतसँग पनि कुरा गरिसकेकाले जुनसुकै शक्ति आए पनि उनीहरु कारबाहीबाट जोगिन नसक्ने दाबी गरे ।

उनले दुई वटा नेपाली नागरिकता लिने सामान्य नेपालीले देशभित्रै कारबाही भोग्नुपर्ने कानुन रहेको तर देशको सेवा गर्छु भनेर निजामती सेवामा भर्ना हुने अनि पैसा कमाउनका लागि आफ्नी आमालाई लात हानेर विदेश भासिने राष्ट्रघातीहरु हुन भन्दै उनीहरुलाई कारबाही नगरेसम्म नेपालको निजामती प्रशासन सुधार नहुने बताए ।

उनले कसैले दबाब दिएकै र गाली गरेकै भरमा आफूले उठाएको मुद्दाबाट पछि नहट्ने बरु काम गर्न नसक्ने मन्त्री पद त्याग गर्ने प्रस्ट पारे । निजामती सेवामा सुधार ल्याउनका लागि ऐन संसोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री पण्डितले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर नाजायज फाइदा लिने जो कोही कर्मचारीलाई आफूले कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया