कठमाडौं– आफूलाई राष्ट्रिय चुरेभावर पार्टीको केन्द्रिय महासचिव भन्ने हेमबहादुर श्रेष्ठ (श्यामले) ललितपुर उप–महानगरपालिका वडा नं. १७ सातदोबाटो निवासी बबिता श्रेष्ठलाई पाटन औद्योगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने भन्दै २० लाख ठगी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलन गर्दै पीडित बबिता श्रेष्ठले राष्ट्रिय चुरेभावर पार्टीको महासचिव भन्ने श्याम श्रेष्ठले पटक–पटक गरी आफूलाई २० लाख रुपैया ठगी गरेको बताएकी छन् ।
ललितपुरमै घरेलु उधोग सञ्चालन गर्दै आएकी बबिता श्रेष्ठले आफूलाइ ललितपुरको पाटन औद्योगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने प्रलोभनमा पारी निज श्याम श्रेष्ठले २० लाख रुपैया ठगेको बताएकी छन् । उनले भनिन्–मैले चैत्र ०३ गते उसको विरुद्ध उजुरी दिएको थिएं, अहिले श्याम श्रेष्ठ हनुमान ढोकामा छन् । हनुमान ढोका जादा धरौटीमा छुट्छु भन्छ, अनि तेरो पैसा दिन्न भनेर उल्टै मलाइ धम्क्याउछ ।
पत्रकार सम्मेलनमा बोल्दै बबिता श्रेष्ठले भनिन्–हामी एउटा सानो व्यवसाय गरेर बसेका थियौ । म र श्रीमानले सल्लाह गरेर नै पाटन औद्योगिक क्षेत्रमा ग्रिल उद्योग खोल्ने तयारीमा थियौ र हामीलाइ उक्त ठाउंमा जग्गा चाहिएको थियौ । अचानक श्याम श्रेष्ठसंग हाम्रो भेट हुंदा जस्तोसुकै काम गरिदिने, त्यो औद्योगिक क्षेत्रको हाकिमसंग पनि चिनजान छ भन्दै प्रलोभन देखाइ हामीलाई ठगेको हो ।
उनले ठग श्याम श्रेष्ठले मिति २०७० माघ ३० गतेको मितिमा नेपाल एसबिआइ बैंकको खाता नं. २०४१५२४०७०००८३ मा सांढे दुई लाख, मिति २०७० फागुण २० गते रु. पाच लाख पचास हजार र सनराइज बैंकको खाता नं. ००२१९०२२२७९०११ मा फागुण ३० गते रु १२ लाख गरी जम्मा २० लाख रुपैया बराबरको रकम नभएको चेक काटेर ठगी गरेको खुलस्त पारिन् । श्याम श्रेष्ठले आफूसंग गरेको कागज पनि फर्जी रहेको बताइन् ।
काठमाण्डौ प्रहरी प्रमुख हनुमान ढोका परिसरका एसएसपी रमेश खरेलले कडा भन्दा कडा कारवाही गरी रकम उठाइदिने विश्वास व्यक्त गरेको बताउदै आफूलाइ अन्याय भएको भन्दै पीडित श्रेष्ठले आफनो रकम चाडो भन्दा चाडो उठाइदिन समेत अनुरोध गरेकी छिन् । ***