Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कुरा अब सुनिश्चित भएको छ ।

सरकार र चिनिया ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीबीच निर्माण सम्झौता भएपछि विमानस्थल बन्ने पक्का भएको हो ।

इपीसी मोडेलमा निर्माण सुरु भएको ४ वर्ष भित्र विमानस्थलको सम्पूर्ण काम सक्ने गरी सहमति भएको छ । २ सय १५ दशमल ९ मिलियन अमेरिकी डलर (करिव २१ अर्ब) मा विमानस्थल निर्माणको जिम्मा सीएएमसीलाई दिने निर्णय भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि पोखरामा खुसीयाली छाएको छ । पोखराका उद्योगी व्यवसायी तथा सर्वसाधरणले खुसीयाली मनाएका छन् । सभासदद्वय रविन्द्र अधिकारी र शारदा पौडेलले पत्रकार सम्मेलन गरी सरकारको निर्णयको स्वागत गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको बताउँदै सभासद अधिकारीले समयमा नै निर्माण सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा पोखराको छिनेडाँडामा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण गरिएको करिव ४० वर्षपछि विमानस्थल बन्ने प्रक्रिया अगाडि बढेको हो । विमानस्थल निर्माणका लागि थप ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रियामा छ ।

अधिग्रहण गरिने जग्गालाई मुआब्जा दिनका लागि सरकारले १ अर्ब छुट्याइसकेको छ । सन् २०१२ फरवरी ९ मा नागरिक उड्डयन प्राधिकरणले इपीसी मोडलमा पोखरामा विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । रासस ***

प्राधिकरणले गरेको लागत अनुमान भन्दा बढीको बोलपत्र परेपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । लागत अनुमान भन्दा बढीको बोलपत्र परेर विमानस्थल निर्माण प्रक्रिया अवरुध्द भएपछि पोखरेलीहरु आन्दोलनमा उत्रिएका थिए । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया