काठमाडौं – गैर आबशिय नेपाली संघ (एनआरएनए) को अफ्रिकी राष्ट्र बोत्स्वानामा ६८ औ राष्ट्रिय समन्वय समति गठन भएको छ ।
एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाकाअनुसार नवगठित कार्य समितिमा डा. बिन्देश्वरप्रसाद यादव अध्यक्ष, पदमनाथ भण्डारी उपाक्ष्य, श्रीमती शान्ति भण्डारी महासचिब, दामोदर भण्डारी सचिब, कृष्ण कंडेल कोषाध्यक्ष्य, श्रीमती टिना पन्त भण्डारी महिला संयोजक, रमेश सारु युवा संयोजक, कृष्णकुमार कंडेल प्रबक्ता र सदस्यहरुमा शेषनारायण ढकाल, श्रीमती लिलाकुमारी भण्डारी र तुलसी बिक हुनुहुन्छ ।
बोत्स्वाना अफ़िका महादेशको दक्षिणमा अबस्थित राष्ट्र हो। यहाँ व्यापार, चिकित्सा क्षेत्र लगायत सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन् । बोत्स्वाना समेत अब अफ्रिकाका १३ वटा देशमा एनआरएनएका शाखा पुगेका छन् । बोत्स्वानामा एनआरएनएको शाखा गठन भएकोमा एनआरएनका अध्यक्ष्य शेष घलेले खुशी ब्यक्त गर्दै एनआरएनए अफ्रिकालाई शुभकामना संदेश पठाउनुभएको छ । ***