Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – प्रदर्शनपूर्व कुनै पनि फिल्मलाई हिट या फल्प भन्नु मुर्खता हुन जान्छ । तरपनि मिडिया प्रचार र प्रचार सामामीमा प्रयोग गरिएका कन्टेन्टले भने फिल्म चल्न सक्ने सामान्य अड्कल भने काट्न सकिन्छ ।

बैशाख १२ गते प्रदर्शनमा आउने फिल्म ‘नोभेम्वर रेन’ पनि चल्न सक्ने अड्कललाई नकार्न सकिन्न । यो फिल्ममा समावेश गीतले दर्शक तथा स्रोताको ध्यान हलतिर खिच्ने आशा छ । सँगै आर्यन र नम्रताको जोडी पनि दर्शकका लागि हल जाने अर्को कारण बन्न सक्ने अड्कल छ ।

त्यस्तै सोही मितिमा प्रदर्शन हुने भनिएका फिल्महरुको शून्य प्रचार प्रसारले पनि ‘नोभेम्वर रेन’ लाई फाइदा पुग्ने देखिएको छ । अभिनेता आर्यन सिग्देललाई बारम्बार फल्प हिरोको ह्याङले भने घच्घच्याइ रहन्छ ।

व्यवसायिक रुपमा आर्यनका तीन बाहेक अरु सबै फिल्म घाटामा छन् । असफल फिल्मको भारी बोकेर हिडेका अभिनेता सिग्देलका लागि बैशाख १२ गते प्रदर्शन हुने ‘नोभेम्वर रेन’ ब्युझाउँने बुटी बन्ने अड्कल छ । निर्माता समेत भएकाले आर्यनको ‘नोभेम्वर रेन” चल्नु पर्ने बाध्यता छ ।

‘नोभेम्वर रेन’ चलेको खण्डमा आर्यनसँगै अभिनेत्री नम्रता श्रेष्ठको लागि पनि लाभदायक हुनेछ । प्रदर्शनमा आएका हालसम्मका फिल्मबाट नमताले व्यावसायिक सफलताको राहत पाएकी छैनन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया