Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- भारतको केन्द्रीय बैंकले आफ्नो मुद्राको विनिमयदरलाई बजारसँग जोड्न नीतिगत परिवर्तन गर्ने तयारी थालेपछि नेपाली रुपैयाँ (नेरु) थप अवमूल्यन हुने सम्भावना देखिएको छ ।

बजारमा देखिएको मूल्यवृद्धि, आयात र निर्यातको अवस्था लगायतलाई प्रतिनिधित्व गर्ने गरी भारतीय रिजर्भ बैंक (आरबीआई) ले भारतीय रुपैयाँ (भारु) को आधार विनिमय दर तयार पार्न थालेको छ ।

आरबीआईले ‘रियल इफेक्टिभ एक्सचेन्ज रेट’ को गणना गर्दा खुद्रा मूल्य सूचकांक (सीपीआई) लाई आधार मान्ने भएको छ । यस्तो दर निकाल्दा मुलुकको व्यापारसहित मूल्य वृद्धिलाई पनि सामेल गरिएको हुन्छ । नयाँ आर्थिक वर्षदेखि विनिमय दर निकाल्दा थोकको साटो खुद्रा मूल्य वृद्धि प्रयोग गरिनेछ ।

थोकभन्दा खुद्रा मूल्य वृद्धिको अनुपात बढी हुने भएकाले भारतको मुद्रा पहिलाभन्दा कमजोर हुने देखिएको छ । रोयटर्सका अनुसार गत मार्च महिनामा खुद्रा मूल्य राखेर हिसाब गर्दा भारतीय रुपैयाँ ४ प्रतिशतले अधिमूल्यन हुने देखिएको छ ।

नयाँ तरिकाले विनिमय दर हेर्दा भारतीय रुपैयाँ अन्य विदेशी मुद्राको तुलनामा थप कमजोर हुनेछ । जसले नेपाली रुपैयाँलाई पनि डलर, युरो, पाउन्डलगायत मुद्राको तुलनामा अझै कमजोर बनाउनेछ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया