Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – तमु धीं जापानले गत आइतबार एक समारोहकाबिच २५५६ औं बुद्धजयन्ती मनाएको छ ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशलाई जापानी समुदायमा पनि पुर्‍याउने उद्देश्यले यस वर्षको बुद्धजयन्ती कार्यक्रम मनाईएको आयोजक श्रोतबाट थाहा भएको छ । उक्त बुद्धजयन्ती समारोह तोचिगीकेनको उत्सुनोमियास्थित नेपाल बुद्ध विहार मन्दिरमा सम्पन्न भएको थियो ।

उक्त मन्दिरका प्रमुख होरीउचीद्वारा भएको संयुक्त प्रार्थानाबाट कार्यक्रमको सुरुवात गरिएको थियो । लगत्तै होरिउचीले उपस्थित सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमका बिशेष अतिथिहरु कार्यवाहक राजदूत तापस अधिकारी, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

समारोहमा आयोजक सँस्थाका अध्यक्ष भीम गुरुङले बुद्ध नेपालमा जन्मेका हुन भन्ने लेखिएको ब्यानर मन्दिरका प्रमुख होरिउचीलाई हस्तान्तरण गर्नुका साथै उपस्थित अतिथिगणलाई खादार्पण गरी सम्मान गर्नुभएको थियो ।

तीन चरणमा विभक्त कार्यक्रमको तेस्रो साँगीतिक चरणमा देउराली समुहद्वारा नेपालको मौलिक सँस्कृति झल्काउने पञ्चेबाजा प्रस्तुत गरिनुका साथै नेपाली गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

अन्तमा, कार्यक्रम सफल पार्न सेलरोटी लगायत बिभिन्न खानाको परिकार बनाउनेलगायत बिभिन्न ढंगले सहयोग गर्ने न्यूदेवी रेष्टुरेन्ट परिवार, दिलु भण्डारी, देउराली पञ्चेबाजा समुहलाई तमु धींका संरक्षक तथा कार्यक्रम संयोजक दिनेश गुरुङले हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा लोक तथा दोहोरी गायिका स्व. मञ्जु महतको परिवारलाई राहत सहयोग प्रदान गर्ने सहयोगीहरुलाई पनि धन्यवाद ब्यक्त गरिएको थियो ।

हल्का चिया-चमेनाको समेत ब्यवस्था गरिएको बुद्धजयन्ती समारोहमा करिव २५० जना नेपाली तथा जापानीहरुको उपस्थिति रहेको थियो । बुद्धजयन्ती समारोहमा अनुज थापाले भाषानुवादको भूमिका निर्बाह गर्नुभएको थियो ।
बुद्धजयन्ती मनाउन सहभागिहरु टोकियोबाट बस रिजर्भ गरेर उत्सुनोमिया पुगेका थिए ।  ****

  Tamu 1 tamu 3
Tamu 2
Tamu 4

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया