Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

१२ जनालाई कारबाही गर्ने

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बनेपा- नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको धुलिखेलमा जारी तेस्रो पूर्ण बैठक हात हालाहाल भएपछि सोमबार साँझ सकिएको छ।

अध्यक्ष महेश बस्नेतले स्वेच्छाचारी ढंगले बैठकको अन्त्यमा कारबाहीको प्रस्ताव ल्याएको भन्दै केन्द्रीय सचिवालय सदस्य शेरबहादुर तामाङ (रामेछाप) र अर्जुन गुरुङ (दाङ) पदाधिकारी बसेको मञ्चमा जान खोजेपछि विवाद सुरु भएको थियो।

तीन दिनसम्म गुपचुप राखेर बैठकको अन्त्यमा १२ जनालाई निलम्बन प्रस्ताव पारित गरिएकाले तनावको स्थिति आएको युवा संघ काभ्रेका एक सदस्यले जानकारी दिए।

तामाङ र गुरुङले मञ्चमै गएर अध्यक्ष बस्नेतसँग कारबाहीको कारण सोध्न खोज्दा स्वयंसेवकले घचेटेको र यसै कारणले विवाद सुरु भएको सहभागी एक सदस्यले बताए।

बैठकले १२ जनालाई कारबाही गर्ने निर्णय गरे पनि १० जनाको नाम गोप्य राखिएको छ।

विवादले उग्र रुप लिएपछि पत्रकार सम्मेलनसमेत स्थगित गर्दै अध्यक्ष महेश बस्नेतलगायत पदाधिकारी धुलिखेल तालिम केन्द्रस्थित बैठकस्थलबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया