Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – थकाली सेवा समिति जापानले बुद्धि गौचनको नेतृत्व चयन गर्दै १२ औं अधिवेशन आइतवार सम्पन्न भएको छ ।

थकालीहरुको महान चाड फागुपुर्णिमा “तोरन्ल्ह” एवं नेपाली नयाँ बर्ष २०७१ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमसहित अधिबेशन सम्पन्न भएको हो ।

थसेस जापानका अध्यक्ष शरदकुमार गौचनको सभापतित्व तथा नेपालदेखि आमन्त्रित थसेसका केन्द्रीय अध्यक्ष खगेन्द्र भट्टचनको प्रमुख अतिथ्यमा भएको अधिवेशनमा एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट, नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष शिव गाउँले, नेपाल आदीवासी जनजाति महासंघ जापानका प्रतिनिधि पेम्बा लामा लगायतका बिशेष अथिथिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी अन्य अतिथिहरुमा एनआरएन जापानका उपाध्यक्ष नरबहादुर थापा, प्रवासी नेपाली पत्रकार सन्जालका अध्यक्ष भूषण घिमिरे, तमुधी जापानका अध्यक्ष भीम गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, तामाङ समाज जापानका संजिब तामाङ, थसेस नागोया क्षेत्रका अध्यक्ष चन्द्र शेरचन, म्याग्देली सञ्जाल जापानका महेन्द्र बानिया, अनेसास जापानका श्रवण सत्याल, एनवि प्रतिष्ठानका तिर्थ सापकोटा, नेपाल जापान युथ क्लवका तासी लामा, माया नेपाली संगीत संस्थाका ओकामोतो युको मल्ल, नेपाल जापान डट कमका संपादक नारायणी आचार्यको पनि उपस्थिति रहेको थियो ।

पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि, थसेसका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचन र सभापति शरदकुमार गौचनलगायतले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाट्न गरिएको थियो । त्यसपश्चात थकाली भेषभूषामा सज्जिएका थकाली महिलाहरुद्धारा थकालीहरुको चार देवता र नरिझ्यवलाई पूजाअर्चना एवं खिमि झोजि (पितृपूजा ) गरिएको थियो ।

समितिका उपाध्यक्ष अनिल भट्टचनले स्वागत मन्तब्य राख्दै थसेस जापानको उदेश्य, आवश्यकता, वर्तमान अबस्थासहित बिबिध क्रियाकलापहरुको बारेमा बोल्नुभएको थियो । त्यस पश्चात समितिका कोषाध्यक्ष बुद्धि गौचनले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरि अर्का उपाध्यक्ष दिपक गौचनले थसेस जापानको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

लगत्तै अध्यक्ष शरदकुमार गौचनले आफ्नो दुई कार्यकाल तथा चारबर्षको अबधिमा जापान देखि नेपाल हुदै अन्य बिदेशहरुमा समेत तमाम परोपकारी कार्यसहित क्रियाशील रहेको कुरा बताउनु हुदै भए गरेका गतिबिधि प्रोजेक्टर स्लाईड मार्फत जानाकारी गराउनुभएको थियो । हाल सम्म नेपालका लागि गरिएका आर्थिक सहयोग, विरामी सहयोग, निशुल्क स्वास्थ शिविर, जेहेन्दार विध्यार्थीका लागि पुरस्कृत गरिएका तमाम कार्य लगायत जापानमै भए गरेका वार्षिकी कार्यप्रगति बिवरण संगै अन्य दर्जनौं संस्थाको गतिबिधिहरु संक्षिप्त बिस्तृत विवरणहरु पेश गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु सभाहलबाट सर्वसम्मत परित गरिएको थियो ।

त्यसपश्चात, प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष खगेन्द्र भट्टचनले थसेस नेपालको बिगत र वर्तमानको गतिबिधि संगै भविष्यको कार्ययोजनाहरु बारे प्रष्ट्याउनु भएको थियो । थसेसको उदेश्य, आवश्यकता र महत्वको बारेमा सक्षिप्त उदाहरण दिदै थकालीहरुको आफ्नो मौलिक संस्कारलाई जगेर्ना र संरक्षण गर्न जापान जस्तो अति नै ब्यस्त मुलुकमा थसेस जापानले गरेको कार्य, उदाहरणीय र सह्रानिय रहेको धारणा ब्यक्त गर्नुभयो । साथै थसेस जापानलाई १८ औं क्षेत्रिय समितिमा घोषित गरिसकेको जानाकारी गराउंदै बधाई तथा शुभकामना पनि दिनुभएको थियो ।

अन्तमा पहिलो चरणको कार्यक्रमलाई सभापति तथा अध्यक्ष शरदकुमार गौचनले आफु थसेस जापानको स्थापना काल देखि हालसम्म निरन्तर २३ बर्ष निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तिता मिठा अनुभव सहित थसेस जापानको ईतिहास लेख्न हरपल लागि परेको कुरा जनाउदै बिशेषगरि आफ्नो चार बर्षे दुई कार्यकालमा सहयोग गर्नुभएका सम्पूर्ण जापानबासी थकालीहरु र आफ्ना सहयात्री टिम तथा जापानका अन्य संघसंस्था एवं सहयोगी सम्पूर्णलाई हार्दिक धन्यबाद दिदै बर्तमान कार्य समिति भंग गर्नुहुदै बन्दसत्रमा प्रवेश गराउनुभएको थियो ।

त्यसैगरी थसेस जापानको आयोजनामा सम्पन्न प्रथम मैत्रीपूर्ण भलिबलका सहभागी खेलाडिहरु, दोस्रो अन्तरचन ताराखेलका खेलाडिहरु तथा स्थानिय कलाकारहरुलाई सम्मान सहित खादार्पण गरिएको थियो । थसेस जापानको तर्फबाट बिभिन्न गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्गनिर्देशन गर्दै तथा जापानबासी नेपालीहरुकै लागि सहयोग र उच्च योगदान गरेवापत समाजसेवी जिज्ञानकुमार थापालाई प्रमुख अतिथिद्धारा प्रशंसा-पत्र र खादार्पण गरी सम्मान गरिएको थियो ।

तत्पश्चात निर्वाचन कमिटिका संयोजक तथा नेपाल पत्रकार महासंघ जापानका सदस्य प्रेमिला गौचन र सदस्य मनोज तुलाचनद्धारा घोषित थसेस जापानको आउदो कार्यकालको लागि बुद्धि गौचनको अध्यक्षतामा ३४ सस्यीय कार्य समिति सर्वसहमतिबाट चयन गरिएको कुरा जानाकारी गराउनुभएको थियो । घोषित उपाध्यक्षहरुमा क्रमश: वरिष्ठ उपाध्यक्ष शशि गौचन, अनिल भट्टचन, दिपक भट्टचन, गिरी शेरचन, महासचिबमा राजु शेरचन, प्रवक्तामा दिपक गौचन, सचिबमा हेमन्तकुमार शेरचन, सञ्जिब गौचन, राजकुमार शेरचन, कोषाध्यक्षमा गोविन्द तुलाचन, सह-कोषाध्यक्षमा लेलिन भट्टचन, घनश्याम भट्टचन र अरुण भट्टचन निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा, धन शेरचन (ओता), यशोदा गौचन, उषा तुलाचन, शारदा भट्टचन, सुरज शेरचन, जीवन भट्टचन, अमुल गौचन, बिकल भट्टचन, बिज्ञान गौचन, सुमन गौचन, वकिल शेरचन, धन गौचन, रामु गौचन, कुमार शेरचन (चुरुमी), जित गौचन, विनोद तुलाचन, कुमार शेरचन (तामाची), नरेश गौचन, विजय शेरचन, बबि गौचन, निर्वाचित हुनुभएको छ ।

समितिको सल्लाहकारहरुमा, बिनोद शेरचन, प्रकाश तुलाचन, रविन शेरचन, मनोज तुलाचन रहनु भएको छ भने समितिको संरक्षकमा शरद कुमार गौचन रहनु भएको छ । नब निर्वाचित कार्य समितिका अध्यक्ष बुद्धि गौचन लगायत सम्पुर्ण नया कार्यकारीणी समितिलाई प्रमुख अतिथिले खादार्पण गर्दै पदिय गोपनियता (सपथ ग्रहण) गराउनु भएको थियो ।

त्यसैगरी, थसेस जापानका निवर्तमान अध्यक्ष शरदकुमार गौचनको कुशल नेतृत्व संगै सिंगो टिमले बिभिन्न चरणमा ऐतिहासिक सफलता प्राप्त गर्नुका साथै संस्थालाई सहि दिशा तथा उपयोगी परिपाटी एवं समितिको मान, मर्यादा र प्रतिष्ठा बढाउने कार्य गरेको ठहर गर्दै प्रमुख अतिथि केन्द्रिय अध्यक्ष र नवनिर्वाचित कार्य समितिका अध्यक्ष बुद्धि गौचनले सयुक्तरुपमा निवर्तमान अध्यक्ष शरद कुमार गौचनलाई दोसल्ला र कदर-पत्र हस्तान्तरण पनि गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा बिविध साँस्कृतिक कार्यक्रमको शुरुआत सँगै थकालीहरुको बिशेष प्रकारको परिकार (सगुन) बितरण र डिनर रिसेप्सन संगै नेपालदेखि आमन्त्रित चर्चित राष्ट्रिय कलाकार मनोज गजुरेल, कमल वली, पशुपति शर्मा र रिता थापा मगर लगायत स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

थसेस जापानले यस कार्यक्रममा पहिलो पटक जापानमा थकालीहरुको बिशेष परिकार टुङ्ग, काटुङ्ग (बिशेष किसिमको रगत र फापरको पिठो भरेको ससेज), सेलरोटी, जम्भु र सुकुटीसहित सम्झनाको चिनो कलम, संस्थाको लोगोवाला तक्मा र भूकम्प आउदा बच्ने उपाय सम्बन्धि बुकलेट पनि बितरण गरेको थियो । स्मरण रहोस, पहिलो चरण, दोस्रो चरण र विविध सांस्कृतिक कार्यक्रम क्रमश गिरि शेरचन, अनिल भट्टचन र दिपक गौचनले संचालन गर्नुभएको थियो ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

000 001 002 003 004 005 006 007 009 010 011 012 013 014 015

तपाईको प्रतिक्रिया