Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेको आगामी महाधिवेशनले आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने बताएका छन् । उनले भने, “अध्यक्षको रुपमा मेरो नाम प्रस्तावित गरियो भने मलाई लाग्छ कसैले विरोध गर्ने छैन र म सर्वसम्मत अध्यक्ष चयन हुनेछु ।”

नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै बरिष्ठ नेता नेपालले बाटोबाटोमा पुगेर अध्यक्षको घोषणा गर्न आवश्यक नभएको भन्दै पार्टीको आगामी महाधिवेशनले सर्वसम्मत अध्यक्ष चयन गर्ने दावी गरे । बरिष्ठ नेता नेपालले एमालेमा रहेका सक्षम युवा नेताले यसपटकको महाधिवेशनबाट पार्टीमा उचित स्थान पाउने समेत बताए ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनअनुसार अघि बढ्ने भन्दै उनले जवजमा समयानुसार परिवर्तन आवश्यक भएकोमा जोड दिएका थिए । जवजमा गणतन्त्र, संघीयता, समावेशी, सशक्तिकरण लगायत परिवर्तित पक्षको चर्चा हुनुपर्ने उनले बताए । उनले थपे, “जवजमा कमा र फुलस्टप परिवर्तन गर्नुहुदैन भन्नेहरु जडसुत्रवादी हुन, जवजलाई मालाको रुपमा जप्ने वा खोपीको देउता होइन, यसलाई सम्वृद्ध र विकास गर्नुपर्छ ।” बर्तमान सरकारको मुल्याँकनको समय अझै भैनसकेको उनले एक प्रश्नको जवाफमा सो अवसरमा बताए ।

स्थानीय निकायको निर्वाचनका लागि ढिला भईसकेको बताउदै उनले सरकार समेत छिटो स्थानीय निकायको निर्वाचनका लागि तयार नदेखिएको आरोप लगाए । जेठ, असारमा स्थानीय निकायको निर्वाचन भएपनि एमालेको महाधिवेशनलाई प्रभाव नपार्ने बताउदै उनले तर वर्षा अघिनै निर्वाचन गराउनुपर्ने जनाए । बरिष्ठ नेता नेपालले एमालेलाई धनबाद र डनबादबाट जोगाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएका थिए । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया