Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्थापनाकालदेखि नेतृत्वमा रहँदै आएका नारायणमान बिजुक्छे फेरि अध्यक्ष भएका छन्।

नेमकिपाको सोमबार सम्पन्न छैटौं महाधिवेशनले बिजुक्छेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। बिजुक्छे २०३१ सालदेखि नेमकिपाको अध्यक्षमा रहँदै आएका छन्।

महाधिवेशन आइतबार सकिनुपर्नेमा सत्तामा जाने वा नजानेबारे भएको बहसले एक दिन लम्बिएको हो। पार्टी सरकारमा नजाँदा झन् झन् खुम्चिएको सम्बन्धमा समेत महाधिवेशनमा चर्को बहस भएको थियो।

प्रतिनिधि र पर्यवेक्षकले पार्टीले तत्कालिन कार्यक्रमका रूपमा अघि सारेको ‘जनताको प्रजातन्त्र’ सत्तामा जाने सिँढी हो कि भनि प्रश्न गरेका थिए। उक्त विषयले महाधिवेशन थप एक दिन लम्बिएको नेमकिपा भक्तपुरका अध्यक्ष रमेश थापाले बताए। ‘अध्यक्ष बिजुक्छेले मजदुर र किसानको शासनसत्ता नै जनताको प्रजातन्त्र भएको प्रस्टीकरण दिएका थिए।

पार्टीले सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, पारित कार्यक्रम र प्रस्तावबारे जानकारी गराएको छ। बिजुक्छेले जनताको प्रजातन्त्र समाजवादी क्रान्तिसम्म पुग्ने पहिलो खुड्किलो भएको बताए।

नेतृत्वमा नयाँ पुस्तालाई कहिले हस्तान्तरण गर्ने भन्ने प्रश्नमा उनले छैटौं महाधिवेशनले नयाँ पुस्तमा विचार हस्तान्तरण गरेको र उक्त विचार परिपक्व भएपछि नयाँ पुस्तामा स्वत: नेतृत्व हस्तान्तरण हुने बताए।

महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। जसमा अध्यक्षसहित २३ केन्द्रीय सदस्य र दुई वैकल्पिक केन्द्रीय सदस्य छन्।

केन्द्रीय सदस्यमा बुद्धिकुमार गोसाईं, प्रेम सुवाल, चैत्यराज शाक्य, सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला र जग्यबहादुर शाही छन्।

त्यस्तै सनकमान महर्जन, नारायण महर्जन, बजिरसिंह विक, नरेन्द्र होमागाईं, दिनेश शाह, नर्मा गुरुङ, नन्दबहादुर शाही, जयबहादुर शाही, सरोजराज गोसाईं, उकेश कवां, खगेन्द्र शाही, लीला न्याइँच्याईं, अनुराधा थापामगर, कृष्णकुमार वैद्य र हरिसुन्दर बासी पनि सदस्य छन्।

सरोजकुमार साह र गीता महर्जन वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्। महाधिवेशनमा ३० जिल्लाका तीन सय ५० भन्दा बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता थियो। *** रासस

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया