काठमाडौं – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले द्वन्द्वकालिन घटनामा पक्राउ र धरपकड जारी राखे जनअदालत ब्युँताउने चेतावनी दिएका छन् ।
माओवादी सुनसरीको प्रथम जिल्ला सम्मेलनको इटहरीमा उदघाटन गर्दै वैद्यले धरपकड जारी राखे जनअलादत ब्युताउँन बाध्य हुने बताएका हुन् । उनले शान्ति सम्झौता र त्यसपछि भएका सहमति सरकारी पक्षबाट पालना नगरेको उनको भनाइ थियो ।
‘जनयुद्धका मुद्धा उछालेर धरपकड तिव्र पारिएको छ’, वैद्यले भने, ‘शान्ति सम्झौताविपरित यस्ता गतिविधि जारी राखिए हामी जनअदालत ब्युताउँछौं ।’
वैद्यले हातखुट्टा बाँधिएको अवस्थामा रहेको एकीकृत माओवादीले संविधानसभामा प्रभावकारी भूमिका खेल्न नसक्ने बताए । आफ्नो पार्टी संविधानसभा बाहिर रहेकाले कुनै हालतमा संविधान बन्ने छाँटकाँट नरहेको भनाइ उनको थियो । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, चैत्र २५, २०७०
प्रकाशित समय: ९:२७:४५